राजपा र फोरमले हैसियतभन्दा बढी सीट मागेपछि कांग्रेस एक्लै चुनाव भिड्ने
काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसको नेतृत्वमा निर्माण हुने भनिएको लोकतान्त्रिक गठबन्धन अन्ततः नहुने भएको छ । गठबन्धनमा सहभागी हुने दलहरुले अस्भाविक सिट मागेपछि तत्काललाई गठनन्धन निर्माणको कार्य रोकिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
नेपाली काँग्रेसले तराई मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग निर्माण गर्ने भनिएको गठबन्धन तत्काल नहुने भएको हो । गठबन्धन नबनाएपनि निर्वाचनमा एक–अर्काका शीर्ष नेतालाई सघाउने भएका छन् । लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जान कार्यदल समेत बनाएको कांग्रेसले कार्यदलस्तरमा नै राजपा र संघीय समाजवादी गठबन्धबाट हैसियतभन्दा बढी क्षेत्र माग भएपछि कांग्रेसले त्यस्तो प्रस्ताव राखेको हो।
राजपा र फोरमको गठबन्धनले कांग्रेससँग प्रदेश २ मा ३२ मध्ये २० क्षेत्र माग गरेपछि गठबन्धन नहुने अवस्थामा पुगेको संसदीय समिति सदस्य बालकृष्ण खाँणले जानकारी दिए ।
‘राजपा-संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्ने कि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भनेर संसदीय समितिमा छलफल भइरहेको छ,’ खाँणले भने, ‘मैत्रीपूर्ण प्रतिस्पर्धामा जाऔँ भनेर नै उहाँहरुसँग कुराकानी भइरहेको छ।’
कांग्रेस, राजपा र फोरमबीच प्रमुख नेताहरुलाई एक अर्को पक्षले सहयोग गर्ने विषयमा पनि समझदारी नजिक पुगेको खाँणले बताए। ‘हाम्रा शीर्ष तहका नेताहरु लडेको ठाउँमा उहाँहरुले सहयोग गर्ने, उहाँहरुका शीर्ष नेता लडेको ठाउँमा हामीले सहयोग गरिदिने भन्ने भएको छ,’ नेता खाँणले भने, ‘त्यस बाहेकका क्षेत्रमा उहाँहरु र हामीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ।’
उनले कम्युनिष्ट गठबन्धन भएकाले कम्युनिष्टले जित्ने क्षेत्रमा स्थानीय तहकै रिपोर्टिङका आधारमा तालमेल हुनसक्ने बताए। राजपा-फोरम गठबन्धनले प्रदेश नम्बर २ मा मात्र कांग्रेससँग तालमेल गरी बाँकी रहेका प्रदेशमा कांग्रेसलाई सहयोग गर्ने प्रस्ताव राखे पनि त्यसलाई कांग्रेसले अस्वीकार गरेको छ।
राजपाले आफ्नो निकै पटक क्षेत्र मान्दै प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनमा कांग्रेसनै पहिलो पार्टी बनेको थियो । तर राजपा र फोरमले अस्भाविक रुपमा सिट मागेपछि काँग्रेस एक्लै चुनावमा जाने निर्णयमा पुगेको हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












