राजपा र फोरमले हैसियतभन्दा बढी सीट मागेपछि कांग्रेस एक्लै चुनाव भिड्ने
काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसको नेतृत्वमा निर्माण हुने भनिएको लोकतान्त्रिक गठबन्धन अन्ततः नहुने भएको छ । गठबन्धनमा सहभागी हुने दलहरुले अस्भाविक सिट मागेपछि तत्काललाई गठनन्धन निर्माणको कार्य रोकिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
नेपाली काँग्रेसले तराई मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग निर्माण गर्ने भनिएको गठबन्धन तत्काल नहुने भएको हो । गठबन्धन नबनाएपनि निर्वाचनमा एक–अर्काका शीर्ष नेतालाई सघाउने भएका छन् । लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जान कार्यदल समेत बनाएको कांग्रेसले कार्यदलस्तरमा नै राजपा र संघीय समाजवादी गठबन्धबाट हैसियतभन्दा बढी क्षेत्र माग भएपछि कांग्रेसले त्यस्तो प्रस्ताव राखेको हो।
राजपा र फोरमको गठबन्धनले कांग्रेससँग प्रदेश २ मा ३२ मध्ये २० क्षेत्र माग गरेपछि गठबन्धन नहुने अवस्थामा पुगेको संसदीय समिति सदस्य बालकृष्ण खाँणले जानकारी दिए ।
‘राजपा-संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्ने कि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भनेर संसदीय समितिमा छलफल भइरहेको छ,’ खाँणले भने, ‘मैत्रीपूर्ण प्रतिस्पर्धामा जाऔँ भनेर नै उहाँहरुसँग कुराकानी भइरहेको छ।’
कांग्रेस, राजपा र फोरमबीच प्रमुख नेताहरुलाई एक अर्को पक्षले सहयोग गर्ने विषयमा पनि समझदारी नजिक पुगेको खाँणले बताए। ‘हाम्रा शीर्ष तहका नेताहरु लडेको ठाउँमा उहाँहरुले सहयोग गर्ने, उहाँहरुका शीर्ष नेता लडेको ठाउँमा हामीले सहयोग गरिदिने भन्ने भएको छ,’ नेता खाँणले भने, ‘त्यस बाहेकका क्षेत्रमा उहाँहरु र हामीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ।’
उनले कम्युनिष्ट गठबन्धन भएकाले कम्युनिष्टले जित्ने क्षेत्रमा स्थानीय तहकै रिपोर्टिङका आधारमा तालमेल हुनसक्ने बताए। राजपा-फोरम गठबन्धनले प्रदेश नम्बर २ मा मात्र कांग्रेससँग तालमेल गरी बाँकी रहेका प्रदेशमा कांग्रेसलाई सहयोग गर्ने प्रस्ताव राखे पनि त्यसलाई कांग्रेसले अस्वीकार गरेको छ।
राजपाले आफ्नो निकै पटक क्षेत्र मान्दै प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनमा कांग्रेसनै पहिलो पार्टी बनेको थियो । तर राजपा र फोरमले अस्भाविक रुपमा सिट मागेपछि काँग्रेस एक्लै चुनावमा जाने निर्णयमा पुगेको हो ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












