प्रत्यक्षतर्फको मतपत्र जिल्लाअनुसार फरक हुने, उम्मेदवार अनुसार मात्र चुनाव चिन्ह
काठमाडौं, १० कात्तिक । प्रत्यक्षतर्फको मतपत्र जिल्लाअनुसार फरक फरक हुने भएको छ । बदर मत घटाउन भन्दै निर्वाचन आयोगले जिल्लामा उम्मेदवार संख्याको आधारमा मतपत्र छाप्ने तयारी गरिएको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह हुने भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा दुवैको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार नभएका दलको समेत चुनाव चिन्ह राख्दा मतपत्र बदर हुने सक्ने भएकाले आयोगले उम्मेदवारी परेका दलको मात्र चिन्हलाई मतपत्रमा समावेश गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
समानुपातिकतर्फको मतपत्र छाप्ने काम सकिएसँगै आयोगले शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी गरेको छ । निर्वाचन आयोगको यस्तो निर्णयसँगै गठबन्धन बनाएर चुनावमा होमिएका दलहरुलाई पनि सहज भएको छ । समानुपातिकको मतपत्र भने सबै चुनाव क्षेत्रमा एउटै हुनेछ ।
कस्तो हुनेछः

उदाहरणको लागि रामेछाप जिल्लाको प्रतिनिधिसभाको मतपत्रमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ हुने छैन भने प्रदेशसभाको दुवै क्षेत्रमा माओवादीको चिन्ह ‘गोलाकारभित्रको हँसिया हथौडा’ राखिने छैन । किनकी वाम गठबन्धनबाट रापेछापको प्रतिनिधिसभामा माओवादीका श्यामकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभाको क र ख दुवैमा एमालेबाट शान्ति पौडेल र कैलाश ढुंगलेको उम्मेदवारी परेको हुँदा चुनाव चिन्ह ‘सूर्य’ हुनेछ । तर माओवादी केन्द्रबाट उम्मेदवारी नपरेको हुँदा ‘गोलाकारभित्रको हँसिया हथौडा’ हुने छैन ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












