प्रत्यक्षतर्फको मतपत्र जिल्लाअनुसार फरक हुने, उम्मेदवार अनुसार मात्र चुनाव चिन्ह
काठमाडौं, १० कात्तिक । प्रत्यक्षतर्फको मतपत्र जिल्लाअनुसार फरक फरक हुने भएको छ । बदर मत घटाउन भन्दै निर्वाचन आयोगले जिल्लामा उम्मेदवार संख्याको आधारमा मतपत्र छाप्ने तयारी गरिएको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह हुने भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा दुवैको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार नभएका दलको समेत चुनाव चिन्ह राख्दा मतपत्र बदर हुने सक्ने भएकाले आयोगले उम्मेदवारी परेका दलको मात्र चिन्हलाई मतपत्रमा समावेश गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
समानुपातिकतर्फको मतपत्र छाप्ने काम सकिएसँगै आयोगले शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी गरेको छ । निर्वाचन आयोगको यस्तो निर्णयसँगै गठबन्धन बनाएर चुनावमा होमिएका दलहरुलाई पनि सहज भएको छ । समानुपातिकको मतपत्र भने सबै चुनाव क्षेत्रमा एउटै हुनेछ ।
कस्तो हुनेछः

उदाहरणको लागि रामेछाप जिल्लाको प्रतिनिधिसभाको मतपत्रमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ हुने छैन भने प्रदेशसभाको दुवै क्षेत्रमा माओवादीको चिन्ह ‘गोलाकारभित्रको हँसिया हथौडा’ राखिने छैन । किनकी वाम गठबन्धनबाट रापेछापको प्रतिनिधिसभामा माओवादीका श्यामकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभाको क र ख दुवैमा एमालेबाट शान्ति पौडेल र कैलाश ढुंगलेको उम्मेदवारी परेको हुँदा चुनाव चिन्ह ‘सूर्य’ हुनेछ । तर माओवादी केन्द्रबाट उम्मेदवारी नपरेको हुँदा ‘गोलाकारभित्रको हँसिया हथौडा’ हुने छैन ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












