ट्राफिकको आँखा छल्दै नियम मिच्नेलाई मोबाइल क्यामरा भ्यानले ठेगान लगाउने
काठमाडौं, १२ कात्तिक । आईतबार बिहानै सिंहदरबारको पश्चिम गेट नजिकै एकजना यात्रु हेलमेट नगलाई मोटरसाईकलमा हुईकिदै थिए । दिनहु ट्राफिक प्रहरीले चेकिङ गरिराख्ने त्यो ठाउँमा एकाबिहानै कोही नदेखेपछि उनी मख्ख हुँदै ट्राफिक नियम उल्लंघन गर्दै अगाडि बढे । सधैजसो ट्राफिक प्रहरी भईराख्ने चोकमा उनले एउटा भ्यान मात्रै देखे । उनले त्यो भ्यानको प्रवाह गरेनन् ।
त्यहाँभन्दा केही पर पुग्दा ट्राफिक प्रहरीले उनलाई रोक्यो । अब उनलाई लाग्यो होईन मैलै हेलमेट नलगाएको त पर
हो तर किन यता रोकेको । उनको मनमा प्रश्न उब्जियो, आज मैले यस्तो गर्दा पनि ट्राफिक प्रहरी किन मौन ? तर
उनको मनमा उब्जिएको प्रश्नको उत्तर ट्राफिक प्रहरीले एकै छिनमा दियो । ट्राफिक नियम मिचेको ठाउँमा त ट्राफिक प्रहरीले विशेष प्रविधियुक्त सीसी क्यामरा जडित भ्यान पो राखेको रहेछ ।
अबदेखि ट्राफिकको आँखा छल्दै ट्राफिक नियम मिच्ने सम्भावना अत्यन्तै कम हुनेभएको छ । ट्राफिकको आँखा छल्दै ट्राफिक नियम मिच्ने तपाईँले बानी सुधार्नु ट्राफिक प्रहरीले यस्तो प्रविधि भित्र्याएको हो ।
केही समयदेखि राजधानीका विभिन्न स्थानमा भ्यान परिचालन गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआइजी सर्बेन्द्र खनालले जानकारी दिए ।
भ्यानको टपमा दुईवटा सीसी क्यामरा फरक दिशामा फर्काएर जडान गरिएको छ। दुई वटा क्यामराले चारैतर्फको दृष्य कैद गर्नेगर्छ। हाइ रेजुलेसनको क्यामरा भएकाले यसले सिधा बाटोमा दुई किलोमिटरसम्मको सवारी नम्बर कैद गर्नसक्ने खनालले जानकारी दिए ।
यसरी कैद भएको दृष्य हेर्ने भ्यान भित्र प्रहरी खटिएका हुन्छन्। भ्यानभित्र नै एउटा सानो कार्यालय तयार छ। भ्यानको भित्रपट्टि छ जनाको प्रहरी टोली बस्न मिल्छ। ‘भित्र नै मापसे चेकिङ सामग्री, प्रिन्टर, र्यारडर गनलगायत उपकरण राखिएको छ तत्काल केही भए सबै काम भ्यानबाट नै हुन्छ,’ उनले भने ।
क्यामराले भीड र धेरै परको दृष्य कैद गर्छ। यसरी ट्राफिक प्रहरी नदेखि नियम मिच्ने चालकको दृष्य भएमा तत्काल भ्यान भित्रका प्ररहीले नजिकैको ट्राफिक वा भ्यानमा गएर चालकलाई कारबाही गर्ने डिआइजी खनालले जानकारी दिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












