ट्राफिकको आँखा छल्दै नियम मिच्नेलाई मोबाइल क्यामरा भ्यानले ठेगान लगाउने
काठमाडौं, १२ कात्तिक । आईतबार बिहानै सिंहदरबारको पश्चिम गेट नजिकै एकजना यात्रु हेलमेट नगलाई मोटरसाईकलमा हुईकिदै थिए । दिनहु ट्राफिक प्रहरीले चेकिङ गरिराख्ने त्यो ठाउँमा एकाबिहानै कोही नदेखेपछि उनी मख्ख हुँदै ट्राफिक नियम उल्लंघन गर्दै अगाडि बढे । सधैजसो ट्राफिक प्रहरी भईराख्ने चोकमा उनले एउटा भ्यान मात्रै देखे । उनले त्यो भ्यानको प्रवाह गरेनन् ।
त्यहाँभन्दा केही पर पुग्दा ट्राफिक प्रहरीले उनलाई रोक्यो । अब उनलाई लाग्यो होईन मैलै हेलमेट नलगाएको त पर
हो तर किन यता रोकेको । उनको मनमा प्रश्न उब्जियो, आज मैले यस्तो गर्दा पनि ट्राफिक प्रहरी किन मौन ? तर
उनको मनमा उब्जिएको प्रश्नको उत्तर ट्राफिक प्रहरीले एकै छिनमा दियो । ट्राफिक नियम मिचेको ठाउँमा त ट्राफिक प्रहरीले विशेष प्रविधियुक्त सीसी क्यामरा जडित भ्यान पो राखेको रहेछ ।
अबदेखि ट्राफिकको आँखा छल्दै ट्राफिक नियम मिच्ने सम्भावना अत्यन्तै कम हुनेभएको छ । ट्राफिकको आँखा छल्दै ट्राफिक नियम मिच्ने तपाईँले बानी सुधार्नु ट्राफिक प्रहरीले यस्तो प्रविधि भित्र्याएको हो ।
केही समयदेखि राजधानीका विभिन्न स्थानमा भ्यान परिचालन गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआइजी सर्बेन्द्र खनालले जानकारी दिए ।
भ्यानको टपमा दुईवटा सीसी क्यामरा फरक दिशामा फर्काएर जडान गरिएको छ। दुई वटा क्यामराले चारैतर्फको दृष्य कैद गर्नेगर्छ। हाइ रेजुलेसनको क्यामरा भएकाले यसले सिधा बाटोमा दुई किलोमिटरसम्मको सवारी नम्बर कैद गर्नसक्ने खनालले जानकारी दिए ।
यसरी कैद भएको दृष्य हेर्ने भ्यान भित्र प्रहरी खटिएका हुन्छन्। भ्यानभित्र नै एउटा सानो कार्यालय तयार छ। भ्यानको भित्रपट्टि छ जनाको प्रहरी टोली बस्न मिल्छ। ‘भित्र नै मापसे चेकिङ सामग्री, प्रिन्टर, र्यारडर गनलगायत उपकरण राखिएको छ तत्काल केही भए सबै काम भ्यानबाट नै हुन्छ,’ उनले भने ।
क्यामराले भीड र धेरै परको दृष्य कैद गर्छ। यसरी ट्राफिक प्रहरी नदेखि नियम मिच्ने चालकको दृष्य भएमा तत्काल भ्यान भित्रका प्ररहीले नजिकैको ट्राफिक वा भ्यानमा गएर चालकलाई कारबाही गर्ने डिआइजी खनालले जानकारी दिए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












