सर्वोच्चको सम्मान गर्दै प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने आयोगको निर्णय

काठमाडौं, १२ कात्तिक । प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने भएको छ । सर्वोच्च अदालतको आदेशका कारण निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने निर्णय गरेको छ ।
आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लोभागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्च अदालतको आदेशपछि अब छुट्टाछुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको हो । उक्त निर्णयले मंसिरको चुनावमा कुनै फरक नपर्ने निर्वाचन आयोगले जनाएको छ । ‘छुट्टछुट्टै पानामा मतपत्र छाप्ने निर्णय आयोगले गरेको छ । चुनाव तोकिएकै मितिमा हुन्छ ।’ आयोगका एक आयुक्तले भने ।
सर्वोच्च अदालतले कात्तिक १ गते प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने विषयमा ‘गम्भीरता पूर्वक विचार गर्न’ भने पनि बुधबार छुट्टै मतपत्र छाप्न बाध्य पार्ने गरी प्रगति विवरण मागे पछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।
सर्वोच्चको आदेशपछि केही दिनदेखि आयोगले यो विषयमा औपचारिक अनऔपचारिक छलफल गर्दै आएको थियो । निर्वाचन आयोगलाई शनिवारमात्रै सर्वोच्चको औपचारिकपत्र पुगेको थियो । आइतबार महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।
आयोगले चुनावको मिति भने हेरफेर नगर्ने भएको छ । पहिलो चरण मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते नै चुनाव गराउन आयोग प्रतिबद्ध रहेको एक आयुक्तको भनाई छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












