चुनाव नजिकिएसँगै उम्मेदवारको चर्चा
नवलपरासी, १२ कात्तिक । दुई जिल्लामा विभाजित नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही शीर्ष नेताले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी ( बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित जस्तैछ । यसैगरी, पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेलले नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्नै निश्चित प्रायः छ ।
अहिले स्वतन्त्र गठबन्धनका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी पनि सूर्य चुनाव चिन्हसहित नवलपरासी (बर्दघाट सुस्ता ) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित छ भने पूर्व स्थानीय विकास राज्यमन्त्री एवं माओवादी नेता घनश्याम यादव नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।
निवर्तमान् सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ अन्तर्गत ‘क’ क्षेत्रबाट प्रदेश सभामा चुनाव लड्ने निश्चित छ ।
नवलपरासी दुई जिल्लामा टुक्रिएपछि बर्दघाट सुस्ता पूर्व र पश्चिममा दुई÷दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाका लागि दुवै जिल्लामा करिब आठ निर्वाचन क्षेत्र रहेका छन् ।
चार लाख मतदाता
दुई प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा कूल चार लाख २९ हजार ८९४ मतदाता रहेका छन् । प्रदेश नं ४ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र गरी दुई जिल्लाबाट ती मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयले जनाएको छ ।
नवलपुर क्षेत्र अर्थात नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को जिल्लामा दुई लाख २१ हजार ६६२ जना मतदाता छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्लामा दुई लाख आठ हजार २३२ जना मतदाता रहेको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका जिल्ला निर्वाचन अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना यस अगावै गरिसकिएको छ । नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिने बताइएको छ । (रासस)
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...













