यौन सम्बन्ध लुकाउन भाइको हत्या, पोल खुलेसँगै हत्याले निम्त्याएको आत्महत्या
सिरहा, १३ कात्तिक । आफ्नो यौन सम्बन्ध लुकाउन १३ वर्षीय भाइको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासमतै आत्महत्या गरेकी हुन् । प्रियंकालाई प्रहरीले आफ्नै भाइको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो।
प्रहरीले आइतबार मात्र उनलाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरेको केही घण्टामा नै उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रियंकाले हिरासतकै शौचालयको भेन्टिलेटरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा प्रियंका र उनका नजिकका साथी सञ्जयकुमार साहलाई पक्राउ गरेको थियो। आफ्नै काकाको छोरो भवेश कुमार यादवले उनको र सञ्जयकुमारको यौन सम्बन्धबारे थाहा पाएपछि घर परिवारले थाहा पाउने डरले उनीहरुले नजिकको जंगलमा लगेर हत्या गरेका थिए।
भवेशले दिदी प्रियंका र साथी सञ्जयले गोठालो जाँदा नर्सरी भित्र यौन सम्बन्ध राखेको देखेका थिए । सोही कुरा परिवारलाई नभन्न आग्रह गर्दा नमानेपछि पटका र मोबाइलको प्रलोभन देखाई नजिकको जंगलमा लगेर हत्या गरेको प्रहरी बयानका क्रममा प्रियंका र सञ्जयले बताएका थिए ।
हत्याले निम्त्यायो आत्महत्याः
घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएपछि नेपाल प्रहरी २ नं. प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानको क्रममा मृतककी ठूलोबुबाकी छोरी प्रियंका र धनुषाको धनौजीपट्टि घर भई कर्जन्हा– २ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले हप्ता दिनभित्रै दुवैलाई पक्राउ गरेको हो।
छिमेकी युवकसँगको अनैतिक सम्बन्धकै कारणले भाइको हत्या गरेको खुलेपछि हीनताबोध गर्दै उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। आफ्नै काकाका छोरा १३ वर्षका भवेशकुमार यादवले कार्तिक १ गते सञ्जयसँगको शारीरिक सम्बन्ध देखेपछि दुवैले हत्या गर्ने योजना बनाई पर्सिपल्ट कार्तिक ३ गते धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए। आफूहरूको शारीरिक सम्बन्धको कुरा कसैलाई पनि नभन्ने सर्तमा फकाएर हत्या गर्ने उद्देश्यले ‘नर्सरीमा मोबाइल र पटाका लुकाएर राखेका छौँ, लिन जाऔँ’ भन्दै वनमारा घारीमा धारिलो खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेकी प्रियंका बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन्। बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत भवेश कार्तिक ३ गते बेपत्ता भएपछि खोजतलाश गर्ने क्रममा दुई दिनपछि कार्तिक ५ गते अपराह्न ४ बजे शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
आत्महत्याको कारण सामाजिक सञ्जाल तथा मिडियाः
भवेशको हत्या भएकै दिनदेखि सञ्चारमाध्यमहरुले उक्त घटनालाई फ्लोअप गरिरहे । प्रहरीले घटनामा संलग्न पत्ता लगाएर सार्वजनिक पनि गर्यो । प्रहरीले सार्वजनिक गरेको केही क्षणमै उक्त घटना निकै भाइरल बन्यो । विशेषगरी सामाजिक सञ्जालले उक्त घटनालाई निकै मसला मान्यो ।
सञ्चारमाध्यमहरुले पनि ‘सेक्स गरिरहेको देखेपछि आफ्नै भाईको हत्या’, ‘भैसी चराउन जाँदा जंगलमा यौनसम्पर्क गरेको देखेपछि भाईको हत्या’ जस्ता शीर्षकमा प्रकाशन तथा प्रशारण गरे । घटना एकाएक ट्रेन्डिङमा आयो । जसले गर्दा उनलाई आत्महत्या गर्न बाध्य बनायो । अर्को कुरा आफुले गरेको अपराधबाट हिनताबोध मान्दै आईरहेकी प्रियंकालाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले आत्महत्या गर्नेतर्फ धकेलिदिए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












