यौन सम्बन्ध लुकाउन भाइको हत्या, पोल खुलेसँगै हत्याले निम्त्याएको आत्महत्या
सिरहा, १३ कात्तिक । आफ्नो यौन सम्बन्ध लुकाउन १३ वर्षीय भाइको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासमतै आत्महत्या गरेकी हुन् । प्रियंकालाई प्रहरीले आफ्नै भाइको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो।
प्रहरीले आइतबार मात्र उनलाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरेको केही घण्टामा नै उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रियंकाले हिरासतकै शौचालयको भेन्टिलेटरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा प्रियंका र उनका नजिकका साथी सञ्जयकुमार साहलाई पक्राउ गरेको थियो। आफ्नै काकाको छोरो भवेश कुमार यादवले उनको र सञ्जयकुमारको यौन सम्बन्धबारे थाहा पाएपछि घर परिवारले थाहा पाउने डरले उनीहरुले नजिकको जंगलमा लगेर हत्या गरेका थिए।
भवेशले दिदी प्रियंका र साथी सञ्जयले गोठालो जाँदा नर्सरी भित्र यौन सम्बन्ध राखेको देखेका थिए । सोही कुरा परिवारलाई नभन्न आग्रह गर्दा नमानेपछि पटका र मोबाइलको प्रलोभन देखाई नजिकको जंगलमा लगेर हत्या गरेको प्रहरी बयानका क्रममा प्रियंका र सञ्जयले बताएका थिए ।
हत्याले निम्त्यायो आत्महत्याः
घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएपछि नेपाल प्रहरी २ नं. प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानको क्रममा मृतककी ठूलोबुबाकी छोरी प्रियंका र धनुषाको धनौजीपट्टि घर भई कर्जन्हा– २ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले हप्ता दिनभित्रै दुवैलाई पक्राउ गरेको हो।
छिमेकी युवकसँगको अनैतिक सम्बन्धकै कारणले भाइको हत्या गरेको खुलेपछि हीनताबोध गर्दै उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। आफ्नै काकाका छोरा १३ वर्षका भवेशकुमार यादवले कार्तिक १ गते सञ्जयसँगको शारीरिक सम्बन्ध देखेपछि दुवैले हत्या गर्ने योजना बनाई पर्सिपल्ट कार्तिक ३ गते धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए। आफूहरूको शारीरिक सम्बन्धको कुरा कसैलाई पनि नभन्ने सर्तमा फकाएर हत्या गर्ने उद्देश्यले ‘नर्सरीमा मोबाइल र पटाका लुकाएर राखेका छौँ, लिन जाऔँ’ भन्दै वनमारा घारीमा धारिलो खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेकी प्रियंका बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन्। बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत भवेश कार्तिक ३ गते बेपत्ता भएपछि खोजतलाश गर्ने क्रममा दुई दिनपछि कार्तिक ५ गते अपराह्न ४ बजे शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
आत्महत्याको कारण सामाजिक सञ्जाल तथा मिडियाः
भवेशको हत्या भएकै दिनदेखि सञ्चारमाध्यमहरुले उक्त घटनालाई फ्लोअप गरिरहे । प्रहरीले घटनामा संलग्न पत्ता लगाएर सार्वजनिक पनि गर्यो । प्रहरीले सार्वजनिक गरेको केही क्षणमै उक्त घटना निकै भाइरल बन्यो । विशेषगरी सामाजिक सञ्जालले उक्त घटनालाई निकै मसला मान्यो ।
सञ्चारमाध्यमहरुले पनि ‘सेक्स गरिरहेको देखेपछि आफ्नै भाईको हत्या’, ‘भैसी चराउन जाँदा जंगलमा यौनसम्पर्क गरेको देखेपछि भाईको हत्या’ जस्ता शीर्षकमा प्रकाशन तथा प्रशारण गरे । घटना एकाएक ट्रेन्डिङमा आयो । जसले गर्दा उनलाई आत्महत्या गर्न बाध्य बनायो । अर्को कुरा आफुले गरेको अपराधबाट हिनताबोध मान्दै आईरहेकी प्रियंकालाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले आत्महत्या गर्नेतर्फ धकेलिदिए ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











