अदालतको अवहेलना गरेको भन्दै ओली र प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर
काठमाडौं, १३ कात्तिक । एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । सर्वोच्च अदालतको आदेशको आलोचना गरेको भन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध मुद्धा दायर भएको हो ।
सार्वजनिक रुपमै सर्वोच्च अदालतले दिएको आदेश विरुद्ध अभिव्यक्ति आएको भन्दै वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डबिरुद्ध मुद्धा दायर भएको हो ।
सर्वोच्च अदालतले प्रत्यक्षतर्फ अलग–अलग मतपत्र बनाउनुपर्ने विषयमा निर्वाचन आयोगसँग जानकारी मागेपछि पत्रकार सम्मेलन गरेका वाम गठबन्धनका शीर्ष नेताहरु विरुद्ध मुद्दा दायर भएको हो । राजपा नेता सर्वेन्द्रनाथ शुक्लका तर्फबाट उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
रिटमा अदालतको आदेश विरुद्ध ओली र दाहालले पत्रकार सम्मेलन गर्दै अदालतलाई चेतावनी दिएको जिकिर गरिएको छ । अदालतमा विचाराधीन रहेको विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संविधानको व्यवस्था विपरीत दाहाल र ओलीले पत्रकार सम्मेलन गर्दै अदालतको अवहेलना गरेको निवेदनमा जिकिर गरिएको छ ।
उनीहरुलाई जनही १० हजार जरिवाना र एक वर्ष कैदको माग गरिएको छ । सर्वोच्चको नियमावली अनुसार कैद र जरिवानाको सजाय गर्न माग गरिएको हो । अदालतको अवेहलना गरेको ठहर भएमा उनीहरुलाई सजाय हुनेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












