कांग्रेसले थप सातजना प्रतिनिधिसभाका उम्मेदवार छान्यो, आरजु देउवा कैलाली ५, अरु कहाँ ?
काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले थप सातवटा निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभाका उम्मेदवारको टुंगो गरेको छ । नेपाली कांग्रेस संसदीय समितिको बैठकले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित ७ उम्मेदवारको टुंगो लगाएको हो ।
अब देउवा पत्नी आरजु कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि चुनाव लड्ने छिन् । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेल्धुरासँगै कैलाली ५ बाट विजयी भएका थिए । तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नुपर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।
त्यसैगरी यसअघि समानुपातिकमा राखिएका नेता कृष्ण सिटौलालाई झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उठाउने निर्णय कांग्रेसले गरेको छ । यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।
संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्दू बहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।
कुन क्षेत्रबाट कसलाई टिकट
कृष्णप्रसाद सिटौला–झापा क्षेत्र नम्बर ३
महालक्षमी डिना उपाध्याय– मकवानपुर क्षेत्र नम्बर २
अम्बिका बस्नेत–काठमाडौँ क्षेत्र नम्बर ३
सीता गुरुङ– तेह्रथुम
आरजु राणा देउवा-कैलाली क्षेत्र नम्बर ५
डा. रामबहादुर बिसी-अर्घाखाँची
चन्द्र भण्डारी- गुल्मी क्षेत्र नम्बर १
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











