प्रहरीको फरार सूचीमा रहेका बालकृष्ण ढुंगेल एकाबिहानै कसरी परे पक्राउ ?
काठमाडौं, १४ कात्तिक । प्रहरीको फरार सूचीमा रहेर निर्वाध स्वतन्त्र जीवन विताइरहेका बालकृष्ण ढुंगेलको मंगलबार एकाबिहानै पक्राउ परे । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मदकैदको सजाय सुनाएका ढुंगेल अहिले सम्म प्रहरीको फरार सूचीमा थिए ।
मंगलबार बिहान ११ बजे सातदोबाटो चोकमा निस्किएका थिए । साथिभाईलाई पनि भेट्ने र तरकारी पनि किन्न भनेर चोकतिर निस्किएका ढुंगेलको दिन एकाएक फरक भयो । सात दोवाटो चोकमा पुग्नेविक्तिकै मोटरसाइकलमा आएका चार युवा उनी नजिकै पुगे। सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए । कपाल पनि लामै थिए तिनका।
‘उनीहरुले हाम्रो अफिस जानुछ हामीसित बस्नुहोस् भन्दै बाइकमा बसाउन खोजे,’ ढुंगेलसँगै रहेका उनका भतिज सरोजले भने। शुरुमा त बालकृष्णले ‘बाइकमा जान्न गाडी भए जान्छु’ भने। तर उनको अस्वीकारको कुनै अर्थ रहेन। मोटरसाइकलमै उनलाई लिएर गए। पक्राउ परेको थाहा पाएपछि उनले खल्तीबाट मोबाईल निकालेर फोन गर्न खोजे तर प्रहरीले दिएन् ।
ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ सुरक्षाको कारण देखाउँदै कपनमा नबसी सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।
माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा प्रारम्भिक प्रतिक्रिया दिएका छन् । पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ । मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए ।
ढुंगेल पक्राउ परेको घटनाका प्रत्यक्षदर्शी उनका नातेदारले भने, ‘किड्नी र ब्लड प्रेसरको औषधि खाइरहनुभएको थियो, औषधि पुर्याइदिन फोन गर्दा उहाँका दुबै फोन स्वीच्ड अफ भनेकाले सम्पर्क गर्न पाइएको छैन ।
सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका थिए। महानिरिक्षक अर्याल विरुद्ध अपहेलना मुद्धा दर्ता भएपछि प्रहरीले ढुंगेलको खोजी तिव्र बनाएको थियो। ढुंगेल पक्राउ परेपछि मुद्धा पनि स्थगित भएको छ ।
जिल्ला अदालत नै पुग्न नदिने माओवादीको तयारीः
एकाबिहानै पक्राउ परेका माओवादी नेता ढुंगेललाई छुटाउन चलखेल सुरु भएको छ । माओवादी केन्द्रका केन्द्रीयस्तरका नेतादेखि लिएर विभिन्न व्यापार, व्यवसाय गर्नेहरुले प्रहरी हेडक्वार्टर धाउन थालेका छन् ।
नेकपा माओवादी केन्द्र, अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) लगायतका पार्टीहरुले ढुंगेल गिरफ्तारिको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरुले द्धन्द्धकालिन मुद्धामा गिरफ्तार गर्नु शान्ति सम्झौताको विपरित भएको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











