कांग्रेसको समानुपातिक सांसदमा देवीप्रकाश भट्टचन, विराटनगरका महेस जाजु परेनन्
काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । कांग्रेसले यसअघि पनि समानुपातिक सूचीबाट सांसद बनेका केही नेतालाई पुनः दोहोर्याएको छ । केही नयाँ अनुहारले पनि अवसर पाएका छन् ।
यो पटक व्यावसायिक घराना प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन पनि कांग्रेसको तर्फबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका छन् । भट्टचन २०४९ सालको स्थानीय तहको निर्वाचनमा बागलुङमा कांग्रेसका तर्फबाट जिल्ला विकास समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
२०४८ सालको आम निर्वाचनमा सांसदमा स्वतन्त्र उम्मेद्वारी दिएका भट्टचनले दोस्रो मत ल्याएका थिए । बैंक, बीमा, रेमिट्यान्स, सहकारी, हेलिकप्टर र अन्य सेवा क्षेत्रको व्यवसायमा स्थापित भएका भट्टचन पछिल्लो समयमा उल्लेख्य प्रगति गरेका व्यवसायी मानिन्छन् ।
फोर्ब्स म्यागेजिनले नेपालका एकमात्र डलर अर्बपतिको सूचिमा राखेका व्यवसायी बिनोद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको थियो । यही बेला अर्का ठूला व्यवसायी भट्टचन पनि कांग्रेसबाट सांसदको उम्मेद्वार बनेका हुन् । चौधरी यसअघि एमालेबाट समानुपातिक सांसद बनेका थिए ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, व्यवसायी अनिल रुङगटा, व्यवसायी दिब्यमणि राजभण्डारी र लिटिल एञ्जल कलेजका प्रमुख उमेश श्रेष्ठ लगायतका व्यवसायीहरु पनि कांग्रेसको समनुपातिक सांसदको सूचिमा छन् ।
यस्तै हालै कांग्रेस प्रवेश गरेका पोखराका व्यवसायी सुर्यबहादुर केसीपनि समानुपातिकको उम्मेद्वार छन् । जसमध्ये रुङगटा र श्रेष्ठ ०७० सालको निर्वाचनमा पनि समानुपातिक सांसद भएका थिए । दोलखाका पुराना कांग्रेसी भए पनि राजभण्डारी सांसद बन्न भने सकेका थिएनन् ।
प्रसिद्ध औद्योगिक परिवार जाजु ग्रुपलाई वाईपासः
यो पटकको निर्वाचनमा कांग्रेसले प्रसिद्ध औद्योगिक परिवार जाजु ग्रुपका महेश जाजुलाई वाईपास गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचिमा परेका महेश यो चुनावमा भने वाईपास भएका हुन् ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...











