कांग्रेसको समानुपातिक सांसदमा देवीप्रकाश भट्टचन, विराटनगरका महेस जाजु परेनन्
काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । कांग्रेसले यसअघि पनि समानुपातिक सूचीबाट सांसद बनेका केही नेतालाई पुनः दोहोर्याएको छ । केही नयाँ अनुहारले पनि अवसर पाएका छन् ।
यो पटक व्यावसायिक घराना प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन पनि कांग्रेसको तर्फबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका छन् । भट्टचन २०४९ सालको स्थानीय तहको निर्वाचनमा बागलुङमा कांग्रेसका तर्फबाट जिल्ला विकास समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
२०४८ सालको आम निर्वाचनमा सांसदमा स्वतन्त्र उम्मेद्वारी दिएका भट्टचनले दोस्रो मत ल्याएका थिए । बैंक, बीमा, रेमिट्यान्स, सहकारी, हेलिकप्टर र अन्य सेवा क्षेत्रको व्यवसायमा स्थापित भएका भट्टचन पछिल्लो समयमा उल्लेख्य प्रगति गरेका व्यवसायी मानिन्छन् ।
फोर्ब्स म्यागेजिनले नेपालका एकमात्र डलर अर्बपतिको सूचिमा राखेका व्यवसायी बिनोद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको थियो । यही बेला अर्का ठूला व्यवसायी भट्टचन पनि कांग्रेसबाट सांसदको उम्मेद्वार बनेका हुन् । चौधरी यसअघि एमालेबाट समानुपातिक सांसद बनेका थिए ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, व्यवसायी अनिल रुङगटा, व्यवसायी दिब्यमणि राजभण्डारी र लिटिल एञ्जल कलेजका प्रमुख उमेश श्रेष्ठ लगायतका व्यवसायीहरु पनि कांग्रेसको समनुपातिक सांसदको सूचिमा छन् ।
यस्तै हालै कांग्रेस प्रवेश गरेका पोखराका व्यवसायी सुर्यबहादुर केसीपनि समानुपातिकको उम्मेद्वार छन् । जसमध्ये रुङगटा र श्रेष्ठ ०७० सालको निर्वाचनमा पनि समानुपातिक सांसद भएका थिए । दोलखाका पुराना कांग्रेसी भए पनि राजभण्डारी सांसद बन्न भने सकेका थिएनन् ।
प्रसिद्ध औद्योगिक परिवार जाजु ग्रुपलाई वाईपासः
यो पटकको निर्वाचनमा कांग्रेसले प्रसिद्ध औद्योगिक परिवार जाजु ग्रुपका महेश जाजुलाई वाईपास गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचिमा परेका महेश यो चुनावमा भने वाईपास भएका हुन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












