ढुंगेलपछि अब पालो कांग्रेस नेता मोहम्मद आलमको, देउवाले दिए यस्तो निर्देशन
काठमाडौं, १५ कात्तिक । यतिबेला नेपाली राजनीतिले नयाँ मोड लिएको छ । मंगलबार माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परी जेल चलान भएपछि नेपाली राजनीतिले एकाएक नयाँ मोड लिएको हो । ढुंगेललाई पक्राउ गरी जेल चलान भएपछि नेपालको राजनीति दुई धुब्रमा देखिएको छ । सत्तापक्ष एकातिर र माओवादी केन्द्र, नेकपा एमाले लगायतका वामपन्थीहरु अर्कातिर उभिएका हुन् ।
टुट-फुट भएका माओवादीहरुले एउटै स्वरमा सरकारले शान्ति सम्झौता उल्लघंन गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले ढुगेंल पक्राउको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । उता निर्वाचनको लागि माओवादीसँग कुम मिलाएको एमालेले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।
माओवादीसँग मिल्नुभन्दा पहिले ढुंगेललाई पक्राउ गर्न दवाव दिने एमाले अहिले मौन देखिएको हो । यता नेपाली कांग्रेसले यो विषयलाई अतिरञ्जित नबनाउन सबैमा आग्रह गरेको छ । अदालतले दोषी ठहर गरेको व्यक्तिलाई जेल सजाय भोग्न लगाउनुले शान्तिसम्झौता भंग नहुने जिकिर कांग्रेसको छ ।
ढुंगेलपछि अब पालो मोहम्मद अफ्ताव आलमकोः
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै दलका नेता मोहम्मद अफ्ताव आलमलाई पनि कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेर प्रहरीले मंगलबार जेल चलान गरेको अर्को दिन देउवाले कानून उल्लंघन गर्ने कसैलाई पनि छुट नहुने बताएका हुन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले मोहम्मद अफ्ताव आलमलाई पनि कारबाही गर्नुस् भनेर प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ’, कांग्रेस निकट स्रोतले भन्यो, ‘कानूनभन्दा माथि कोही पनि छैन ।’ कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमलाई रौतहट जिल्लामा २३ जनालाई सामूहिक रुपमा हत्या गरेको आरोप छ ।
प्रहरीले त्यस बेला आलमविरुद्धको उजुरी लिन मानेको थिए । पीडितको उजुरीमा सर्वोच्च अदालतले आलमलाई कारबाही गर्न आदेश दिएको थियो । आलम अहिले पनि खुलारुपमा राजनीति गर्दै आएका छन् । रौतहटमा बुथ क्याप्चर गर्ने बेला आलमले बम विष्फोट गराएको त्यस क्रममा घाइते भएकाहरूलाई नजिकैको इटाभट्टमा लगेर हत्या गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












