ढुंगेलपछि अब पालो कांग्रेस नेता मोहम्मद आलमको, देउवाले दिए यस्तो निर्देशन
काठमाडौं, १५ कात्तिक । यतिबेला नेपाली राजनीतिले नयाँ मोड लिएको छ । मंगलबार माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परी जेल चलान भएपछि नेपाली राजनीतिले एकाएक नयाँ मोड लिएको हो । ढुंगेललाई पक्राउ गरी जेल चलान भएपछि नेपालको राजनीति दुई धुब्रमा देखिएको छ । सत्तापक्ष एकातिर र माओवादी केन्द्र, नेकपा एमाले लगायतका वामपन्थीहरु अर्कातिर उभिएका हुन् ।
टुट-फुट भएका माओवादीहरुले एउटै स्वरमा सरकारले शान्ति सम्झौता उल्लघंन गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले ढुगेंल पक्राउको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । उता निर्वाचनको लागि माओवादीसँग कुम मिलाएको एमालेले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।
माओवादीसँग मिल्नुभन्दा पहिले ढुंगेललाई पक्राउ गर्न दवाव दिने एमाले अहिले मौन देखिएको हो । यता नेपाली कांग्रेसले यो विषयलाई अतिरञ्जित नबनाउन सबैमा आग्रह गरेको छ । अदालतले दोषी ठहर गरेको व्यक्तिलाई जेल सजाय भोग्न लगाउनुले शान्तिसम्झौता भंग नहुने जिकिर कांग्रेसको छ ।
ढुंगेलपछि अब पालो मोहम्मद अफ्ताव आलमकोः
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै दलका नेता मोहम्मद अफ्ताव आलमलाई पनि कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेर प्रहरीले मंगलबार जेल चलान गरेको अर्को दिन देउवाले कानून उल्लंघन गर्ने कसैलाई पनि छुट नहुने बताएका हुन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले मोहम्मद अफ्ताव आलमलाई पनि कारबाही गर्नुस् भनेर प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ’, कांग्रेस निकट स्रोतले भन्यो, ‘कानूनभन्दा माथि कोही पनि छैन ।’ कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमलाई रौतहट जिल्लामा २३ जनालाई सामूहिक रुपमा हत्या गरेको आरोप छ ।
प्रहरीले त्यस बेला आलमविरुद्धको उजुरी लिन मानेको थिए । पीडितको उजुरीमा सर्वोच्च अदालतले आलमलाई कारबाही गर्न आदेश दिएको थियो । आलम अहिले पनि खुलारुपमा राजनीति गर्दै आएका छन् । रौतहटमा बुथ क्याप्चर गर्ने बेला आलमले बम विष्फोट गराएको त्यस क्रममा घाइते भएकाहरूलाई नजिकैको इटाभट्टमा लगेर हत्या गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












