अन्ततः कांग्रेसले यसरी लगायो प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको टुंगो
काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रसले दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले मंसिर २१ गते निर्वाचन हुने १ सय २८ वटा प्रतिनिधिसभा सदस्य र २ सय ५६ वटा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।
हिजो बुधबारदेखि बसेको बैठकले रातभर छलफल गरि आज विहान मात्रै उम्मेदवारहरुको नाममा अन्तिम सहमति जुटाएको हो । बैठकले राप्रपा र राप्रपा प्रजातान्त्रिकका लागि केहि स्थानमा सिट खाली गरिदिने निर्णय गरेको छ ।
१ सय २८ वटा प्रतिनिधिसभा सदस्य र २ सय ५६ वटा प्रदेशसभाको उम्मेदवारी दिने सवालमा कांग्रेसले ५ वटा निर्वाचन क्षेत्र राप्रपा र राप्रपा प्रजातान्त्रिकका लागि छोडेर अन्यमा उम्मेदवारी दिने निर्णय सहित उम्मेदवारको नामलाई अन्तिम रुप दिएको हो ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाण्डौको ७ नम्बर क्षेत्र तथा पशुपति शमसेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवनको क्षेत्र नम्बर ३ र रुपन्देहीको ३ नम्बर क्षेत्रमा कांग्रेसले सिट खाली गरेको हो । ती क्षेत्रमा कांग्रेसले उम्मेदवारी नदिई राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सहयोग गर्ने निर्णय गरेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, तनहुँ १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला नवलपरासी १, नेता प्रकाशमान सिंह काठमाण्डौ १,कृष्णप्रसाद सिटौला झापा ३ र बिमलेन्द्रनिधी धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने छन् । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि ३२ वटा जिल्लामा ३७ वटा प्रतिनिधि सभा र ७४ प्रदेश सभाको निर्णय यसअघि नै भइसकेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












