१७ किलो सुनसहित एक युवक पक्राउ, भाग्दै गर्दा प्रहरीले यसरी समात्यो
लमजुङ, १६ कात्तिक । लमजुङमा १७ किलो सुनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९ का पासाङ गुरुङ रहेका छन् । चेकजाँचको क्रममा उनी पक्राउ परेको र उनीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ पर्नेमा वडाअध्यक्ष बताईएको थियो । तर दुवैका नाम मेल खाएकाले पक्राउ पर्ने व्यक्ति वडाअध्यक्ष नभएको डीएसपी विष्टले जानकारी दिए ।
प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट गुरुङलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आनाकानी गरी मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क्रममा रोकेपछि भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
डीएसपी पदमबहादुर विष्टले १७ थान सुन समातिएको बताए । ‘हेर्दा सुन हो । उनले पनि सुन नै भनेका छन् । यसको तौल के कति हुन्छ जोख्नु पर्छ । सामान्यतय एक थानमा एक किलो हुने गरेको छ,’ उनले भने । प्रहरीले विस्तृत विवरण बताएको छैन । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकल समेत समातिएको डिएसपी विष्टले बताए ।
सम्पादकः यसअघि वडाअध्यक्षको नाम मुछिनगएकाले सच्याईएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












