कोमल वलीलाई एमालेबाट पनि धोका, अब स्वतन्त्र उम्मेदवारी दिने
दाङ, १६ कात्तिक । चर्चित गायिका कोमल वलीले दाङ–३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । एमालेले आफुसँगै खेलवाड गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिने बताएकी हुन् । उनले भनिन्–एमालेले खेलवाड गर्यो, म अब स्वतन्त्र रूपमै दाङ– ३ मा उठ्ने भएँ।
आफूलाई प्रत्यक्षमा चुनाव लडाउने भन्दै समानुपातिकको सूचीमा पनि पार्टीले नराखेको उनको भनाई छ । ‘मैले पाँच दिनअघि समानुपातिकका लागि फारम भरेकी थिएँ, तर पार्टीले तपाईँ समानुपातिकमा होइन प्रत्यक्ष लड्ने हो भन्यो,’ उनले भनिन्, ‘अहिले भने ममाथि खेलबाड भयो, म भर्खर राजनीति बुझ्दै छु।’
आफूले टिकट नपाएपछि एमाले नेता शंकर पोखरेलले सरी भनेको उनले बताइन्। ‘मैले सकिनँ, सरी ! पार्टी अध्यक्षसँग कुरा राखिदिन्छु,’ पोखरेललाई उदृत गदै उनले भनिन्। वली राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर महिना दिनअघि एमाले प्रवेश गरेकी थिइन्। गत फागुनमा भएको राप्रपाको महाधिवेशन उनी राप्रपा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। रेडियो नेपालकी पूर्वसमाचारवाचिका वली चर्चित लोकगायिका हुन्।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











