नवराज सिलवालले उम्मेदवारी दर्ता गर्दै भने, ‘राज्यले दिएन, जनतासँग न्याय माग्छु’
ललितपुर, १६ कात्तिक । पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’ उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए। ‘हिजो देशको शान्तिसुरक्षाका लागि लड्दा राज्यले अन्याय गर्यो, अब जनताले न्याय दिन्छन्’, उनले भने।
जनताको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै जनताप्रति आफ्नो पूर्ण भरोसा रहेको जिकिर उनले गरे। सिलवालको उम्मेदवारीको प्रस्तावक गोविन्द बजगाइँ रहेका छन्। कांग्रेसबाट भने उदयशमशेर राणाले सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











