यि हुन्, काठमाडौँमा सक्रिय तीन श्रेणीका १३२ गुण्डा (सूचीसहित)
काठमाडौं, १७ कात्तिक । प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ ।
काठमाडौँमा क्रियाशील गुण्डाहरूले कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउने जस्ता कार्य गर्दै आएका छन् । साना हतियारबाट सु–सज्जित भएका गुण्डाहरू विभिन्न दलका नेता र कतिपय सुरक्षा निकायकै अधिकारीको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न छन् ।
नेपालको राजधानी सहर काठमाडौँ उपत्यकाको पार्किङमा मात्रै गुण्डाराज छैन, ठेक्कापट्टा, होटल व्यवसायलगायतका क्षेत्र गुण्डाको धम्की र हप्ता असुलीबाट आजित भएका छन् । तर, व्यवसायीहरू गुण्डालाई खुसुक्क हप्ता बुझाउँछन्, अनि बाहिर बोल्नै डराउँछन् ।
उपत्यकामा क्रियाशील सबैभन्दा धेरै गुण्डा काङ्ग्रेस निकट रहेको प्रहरी स्रोतको दाबी छ । काङ्ग्रेसछि नेकपा (एमाले) को आडमा गुण्डागर्दी गर्नेहरू दोस्रो स्थानमा छन् भने माओवादी केन्द्र, राप्रपा र नेमकिपाको आडमा गुण्डागर्दी गर्नेहरू पनि उल्लेख्य मात्रामा छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा क्रियाशील गुण्डाको सङ्ख्या १९१ पुगिसकेको छ । गुण्डाहरूले विभिन्न टोल तथा क्षेत्रहरूलाई आफ्नो बेस बनाएर गुण्डागर्दी गरिरहेका छन् ।
काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुक गुण्डा पनि काठमाडौँको सुरक्षा चुनौती भएको स्विकार्छन । ‘गुण्डागर्दीले सुरक्षा थ्रेट नै छैन भन्ने चाहिँ हैन’ एसएसपी रवीन्द्र धानुक भन्छन्– ‘तर गुण्डालाई कसरी काबुमा राख्ने भन्नेबारे हामीले शून्य सहनशीलता अपनाएका छौँ, गुण्डागर्दी गर्नेविरुद्ध जुनसुकै बेला पनि बल प्रयोग हुन्छ ।’
काठमाडौँ जिल्लामा सक्रिय १३२ गुण्डामध्ये ‘क’ वर्गका १५ जना, ‘ख’ वर्गका ३२ जना र ‘ग’ वर्गका ४७ जना रहेका छन् । १५ गुण्डाको भने श्रेणी नखुलेको बताइएको छ । काठमाडौँको बौद्ध, गौशाला, महाराजगञ्ज, बानेश्वर, ठमेल, ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्गमा सबैभन्दा धेरै गुण्डाराज रहेको छ ।
ललितपुरमा ‘क’ वर्गमा एकजना मात्रै गुण्डा छन् । महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार ललितपुरमा ‘ख’ वर्गका गुण्डाहरू १० जना छन् भने २२ जनाको श्रेणी खुलेको छैन । लतिलपुरमा कुल ३३ गुण्डा सक्रिय छन् । भक्तपुरमा क्रियाशील २४ जना गुण्डामध्ये कसैको पनि श्रेणी खुलेको छैन ।
प्रहरीले दावा लामा, विष्णु लामा, उमेश लामा, काजि शेर्पालाई क श्रेणीको गुण्डामा राखेको छ । उनीहरु बौद्ध, गौशाला, महाराजगञ्ज र वानेश्वर क्षेत्रमा क्रियाशील रहेका छन् । त्यस्तै सुर्य लामा, खगेन्द्र कुमार राई, बुद्ध लामा, विकास लामा, विकास राईलाई ख श्रेणीको गुण्डामा राखेको छ । उनीहरु टोले गुण्डागर्दी, झैझगडा, पैसा असुली लगायतका गतिविधि गर्दै आएका छन् ।
प्रहरीको गुण्डा सूचीमा मोहन लामा, दिनेश राई, दिलु लामा, संजय लामा (झिंगे), प्रकाश गोले, विकास गोले, काजी शेर्पा, रवि थिङ, विनोद घिसिङ, लम्बु निमा शेर्पा, निमा लामा, उमेश लामा, आङनिमा लामा लगायतको नाम राखिएको प्रहरी स्रोतको दावी छ ।
त्यस्तै ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्ग क्षेत्रमा दिपक मनाङ्गे, भोजे लामा, लाम्टा मुखिया, दिनेश लामा (भाले), रेम्बो मनाङ्गे, काले कुमारलगायतका गुण्डाहरु क्रियाशील रहेका छन् ।
यता समिरमान सिंह बस्नेत, सत्यमान लामा (विकेश), तुलसी मगर, चन्द्र बहादुर तामाङ्ग लगायतका गुण्डाहरु स्वयम्भु र त्यस आसपासमा क्रियाशील रहेका छन् ।
यस्तै उपत्याको अर्को जिल्ला ललितपुर बेस भएका गुण्डाहरूको सूचीमा मिनकृष्ण महर्जन, सानुकान्छा मोक्तान, वाङ्ग लामा, राजु वोगटी, भोला खड्का, विक्रम श्रेष्ठ, समिर के.सी., राम लामा रहेका छन् । सरोज थापा, अनिल थापा, सुरेन लामा, बम बहादुर श्रेष्ठ, उज्वल अवाल लगायतका गुण्डाहरु भक्तपुर बेस बनाएर सक्रिय रहेका छन् ।
राताेपाटीकाे सहयाेगमा
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












