यि हुन्, काठमाडौँमा सक्रिय तीन श्रेणीका १३२ गुण्डा (सूचीसहित)
काठमाडौं, १७ कात्तिक । प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ ।
काठमाडौँमा क्रियाशील गुण्डाहरूले कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउने जस्ता कार्य गर्दै आएका छन् । साना हतियारबाट सु–सज्जित भएका गुण्डाहरू विभिन्न दलका नेता र कतिपय सुरक्षा निकायकै अधिकारीको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न छन् ।
नेपालको राजधानी सहर काठमाडौँ उपत्यकाको पार्किङमा मात्रै गुण्डाराज छैन, ठेक्कापट्टा, होटल व्यवसायलगायतका क्षेत्र गुण्डाको धम्की र हप्ता असुलीबाट आजित भएका छन् । तर, व्यवसायीहरू गुण्डालाई खुसुक्क हप्ता बुझाउँछन्, अनि बाहिर बोल्नै डराउँछन् ।
उपत्यकामा क्रियाशील सबैभन्दा धेरै गुण्डा काङ्ग्रेस निकट रहेको प्रहरी स्रोतको दाबी छ । काङ्ग्रेसछि नेकपा (एमाले) को आडमा गुण्डागर्दी गर्नेहरू दोस्रो स्थानमा छन् भने माओवादी केन्द्र, राप्रपा र नेमकिपाको आडमा गुण्डागर्दी गर्नेहरू पनि उल्लेख्य मात्रामा छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा क्रियाशील गुण्डाको सङ्ख्या १९१ पुगिसकेको छ । गुण्डाहरूले विभिन्न टोल तथा क्षेत्रहरूलाई आफ्नो बेस बनाएर गुण्डागर्दी गरिरहेका छन् ।
काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुक गुण्डा पनि काठमाडौँको सुरक्षा चुनौती भएको स्विकार्छन । ‘गुण्डागर्दीले सुरक्षा थ्रेट नै छैन भन्ने चाहिँ हैन’ एसएसपी रवीन्द्र धानुक भन्छन्– ‘तर गुण्डालाई कसरी काबुमा राख्ने भन्नेबारे हामीले शून्य सहनशीलता अपनाएका छौँ, गुण्डागर्दी गर्नेविरुद्ध जुनसुकै बेला पनि बल प्रयोग हुन्छ ।’
काठमाडौँ जिल्लामा सक्रिय १३२ गुण्डामध्ये ‘क’ वर्गका १५ जना, ‘ख’ वर्गका ३२ जना र ‘ग’ वर्गका ४७ जना रहेका छन् । १५ गुण्डाको भने श्रेणी नखुलेको बताइएको छ । काठमाडौँको बौद्ध, गौशाला, महाराजगञ्ज, बानेश्वर, ठमेल, ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्गमा सबैभन्दा धेरै गुण्डाराज रहेको छ ।
ललितपुरमा ‘क’ वर्गमा एकजना मात्रै गुण्डा छन् । महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार ललितपुरमा ‘ख’ वर्गका गुण्डाहरू १० जना छन् भने २२ जनाको श्रेणी खुलेको छैन । लतिलपुरमा कुल ३३ गुण्डा सक्रिय छन् । भक्तपुरमा क्रियाशील २४ जना गुण्डामध्ये कसैको पनि श्रेणी खुलेको छैन ।
प्रहरीले दावा लामा, विष्णु लामा, उमेश लामा, काजि शेर्पालाई क श्रेणीको गुण्डामा राखेको छ । उनीहरु बौद्ध, गौशाला, महाराजगञ्ज र वानेश्वर क्षेत्रमा क्रियाशील रहेका छन् । त्यस्तै सुर्य लामा, खगेन्द्र कुमार राई, बुद्ध लामा, विकास लामा, विकास राईलाई ख श्रेणीको गुण्डामा राखेको छ । उनीहरु टोले गुण्डागर्दी, झैझगडा, पैसा असुली लगायतका गतिविधि गर्दै आएका छन् ।
प्रहरीको गुण्डा सूचीमा मोहन लामा, दिनेश राई, दिलु लामा, संजय लामा (झिंगे), प्रकाश गोले, विकास गोले, काजी शेर्पा, रवि थिङ, विनोद घिसिङ, लम्बु निमा शेर्पा, निमा लामा, उमेश लामा, आङनिमा लामा लगायतको नाम राखिएको प्रहरी स्रोतको दावी छ ।
त्यस्तै ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्ग क्षेत्रमा दिपक मनाङ्गे, भोजे लामा, लाम्टा मुखिया, दिनेश लामा (भाले), रेम्बो मनाङ्गे, काले कुमारलगायतका गुण्डाहरु क्रियाशील रहेका छन् ।
यता समिरमान सिंह बस्नेत, सत्यमान लामा (विकेश), तुलसी मगर, चन्द्र बहादुर तामाङ्ग लगायतका गुण्डाहरु स्वयम्भु र त्यस आसपासमा क्रियाशील रहेका छन् ।
यस्तै उपत्याको अर्को जिल्ला ललितपुर बेस भएका गुण्डाहरूको सूचीमा मिनकृष्ण महर्जन, सानुकान्छा मोक्तान, वाङ्ग लामा, राजु वोगटी, भोला खड्का, विक्रम श्रेष्ठ, समिर के.सी., राम लामा रहेका छन् । सरोज थापा, अनिल थापा, सुरेन लामा, बम बहादुर श्रेष्ठ, उज्वल अवाल लगायतका गुण्डाहरु भक्तपुर बेस बनाएर सक्रिय रहेका छन् ।
राताेपाटीकाे सहयाेगमा
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












