बागी उम्मेदवारको विगविगी, ‘हाई प्रोफाइल’ नेता नै संकटमा, को कसको बागी ?
काठमाडौं, १७ कात्तिक । आफुले टिकट नपाए बागी उम्मेदवारी दिने चलन हिजोआज सामान्य जस्तै बन्न थालेको छ । आफुले टिकट नपाए मात्रै होईन्, आफुले मन पराएको उम्मेदवारले टिकट नपाए पनि वागी उम्मेदवारी दिने चलनले प्राथमिकता पाईरहेको छ । धेरै आकांक्षीहरुका बिचबाट एउटा योग्यलाई टिकट दिनुपर्ने हो । तर कहिले काही त्यस्तो नगरी पनि बागीको सामना गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय यसको सिकार हाई प्रोफाइल का नेताहरु नै भईरहेका छन् । बिहीबार गरिएको उम्मेदवारी दर्तामा शीर्ष नेताहरु नै बागीको सिकार बने । मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दिँदा केही शीर्ष नेताहरुले वागीको सामना गर्नुपरेको हो । गठबन्धनका कारण टिकट व्यवस्थापनमा परेको समस्याले धेरै स्थानमा बागी उम्मेदवारी परेका छन्। टिकट नपाएका केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्रविरुद्ध गोविन्दराजः
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बागी उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । भ्रष्टचार आरोपित कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी वरिष्ठ नेता पौडेलविरुद्ध बागी उम्मेदवार बनेका छन्। तनहुँ १ बाट टिकटका लागि जुलुस नै निकालेका जोशीलाई संसदीय बोर्डले पत्याएन। बोर्डले नपत्याएपछि जोशीले पौडेलविरुद्ध मनोनयन गरेका हुन् ।
माधव नेपालले पनि पाए एमालेकै एलपी श्रेष्ठः
काठमाडौँ २ बाट प्रदेशसभा तर्फ टिकटको दाबी गरेका एलपी श्रेष्ठले टिकट नपाएपछि नेपालविरुद्ध बागी दर्ता गरेका छन्। साखुमा स्थानीय श्रेष्ठ एमाले काठमाडौँका सदस्य हुन्। प्रदेशसभा तर्फका टिकट नदिएको प्रति निकै आक्रोशित रहेका श्रेष्ठले अन्ततः नेपालविरुद्ध नै बागी उठेका हुन् ।
आरजु देउवा राणा भर्सेस क्षितिज:
प्रधानमन्त्रीपत्नी आरजु देउवा (राणा) विरुद्ध नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै आरजुले प्रतिस्पर्धा गरिरहेको कैलाली ५ मा भण्डारीले बागी उम्मेदवारी दिएका हुन्।
उपेन्द्र यादवविरुद्ध जयप्रकाश:
सप्तरी २ बाट राजपाको सहयोगमा उम्मेदवारी दिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाकै जयप्रकाश थारुले उम्मेदवारी दिएका छन्। आफ्नो क्षेत्रमा पार्टीले कुनै परामर्श नगरी यादवलाई उम्मेदवारी दिएको भन्दै राजपा सहमहामन्त्री रहेका ठाकुरले उम्मेदवारी दिएका हुन्।
महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झाको बागीः
कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनी संविधानसभा सदस्यमा विजयी चन्द्रेश्जर झाले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध बागी उम्मेदवारी दिएका छन्। स्थानीय निर्वाचन अघि झा राजपामा प्रवेश गरेका थिए। महोत्तरी ३ मा ठाकुरविरुद्ध झाले उम्मेदवारी दिएका हुन्। ठाकुरले योपटक आफ्नो नियमित निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्।
सल्यानमा एक नेताबिरुद्ध २ जना बागीः
सल्यानमा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रकै दुई बागी उम्मेदवार बनेका छन् । अधिकांश पदमा माओवादी नेताहरुले बागी उम्मेदवारी दिर्ता गरेका छन्। प्रतिनिधिसभामा उमाकान्त शर्मा र ज्ञानबहादुर ओलीले बागी उम्मेदवारी दर्ता गरेका छन्। प्रदेशमा एमालेका दुबै उम्मेदवारविरुद्ध माओवादी नेताले उम्मेदवारी दिएका छन्। प्रदेश (क) मा गुलावजंग शाहविरुद्ध भीमप्रकाश शर्मा र प्रकाश ज्वालाविरुद्ध जितबहादुर पुनले उम्मेदवारी दिएका छन्।
कोमल वली स्वतन्त्र उम्मेदवार:
राप्रपाबाट चुनावको एक महिनाअघि एमाले प्रवेश गरेकी कोमल वलीले अन्तिम समयमा टिकट पाइनन्। टिकट नपाएपछि वली दाङ ३ बाट स्वतन्त्र उम्मेदवार बनेकी छन्। प्रतिनिधिसभा वा प्रदेशमा कतै न कतै वलीले टिकट पाउने चर्चा थियो।
सिन्धुलीमा दलभित्रकै बागी:
सिन्धुलीमा प्रतिनिधिसभा तर्फ एमाले र माओवादी केन्द्रका दुबै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ। एमालेका गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादी केन्द्रका हरिवोल गजुरेलविरुद्ध रामकुमार पौडेलले उम्मेदवारी दिएका छन्।
बारामा माओवादीविरुद्ध एमालेः
बारा क्षेत्र नम्बर ३ क मा एमालेका भरत खड्काले माओवादी उम्मेदवार ज्वालकुमारी साहविरुद्ध बागी उम्मेदवारी दिएका छन्। रुपन्देही ५ (क) मा एमालेका भुभिश्वर ढकालविरुद्ध एमालेकै मीनप्रसाद घिमिरे बागी उम्मेदवार बनेका छन्।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












