हनीप्रीतले राम रहीमका छोरालाई यसरी बनाइन् कंगाल
एजेन्सी, १७ कात्तिक । बलात्कारको आरोपमा जेल सजाय भोगिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीतका सम्बन्धमा नयाँ खुलासा भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, हनीप्रीतले राम रहीमका छोरा जसमीतको व्यापार हत्याउन खोजेकी थिइन् । हनीप्रीतले जसमीतको २४ करोड रुपैयाँको बिस्किट व्यापार बन्द गराएर कंगाल बनाइदिएकी थिइन् ।
विलासी जीवन बाँचिरहेकी हनीप्रीतलाई राम रहीमको सबै सम्पत्तिको वारिस आफू नै हुने विश्वास थियो । जसमीतले सन् १९९८ मा फादर बिस्किट नामक कारखाना खोलेका थिए । पचासजना कर्मचारीका साथ शुरु भएको यो कारखाना बिस्तारै चल्दै गयो । हरियाणा, पञ्जाब र राजस्थानका अनेक शहरमा यसको स्टोर खुल्यो ।
जसमीतले बिस्किट कारोबार बढेपछि अचार, जाम, नम्किन जस्ता उत्पादन बजारमा ल्याए र किङ ट्री नाम दिएर बजारमा ब्रान्डिङ ग–यो । यी ब्रान्ड पनि बजारमा छाए । जसमीतको उन्नति देखेर हनीप्रीत खुशी थिइनन् किनकि उनी आफैं यो कारोबार ह्यान्डल गर्न चाहन्थिन् ।
जसमीतलाई व्यापार बन्द गर्न हनीप्रीतले आग्रह गरेपनि उनले मानेनन् । चलेको व्यापार किन बन्द गर्थे त उनले ? हनीप्रीतले राम रहीमलाई दबाब दिएर जसमीतको व्यापार बन्द गराउने कोशिश गरेकी थिइन् । कम्पनीबाट आएको उत्पादनको गुणस्तर नभएको उनको भनाइ थियो ।
सन् २०१५ मा हनीप्रीतले जसमीतको धन्धा पूरै चौपट गराइदिइन् र बजारमा भएका उत्पादन फर्काउन लगाइन् । सन् २०१६ मा राम रहीमले एमएसजी नामक कम्पनी बनाए र आफ्नो छोरोको कम्पनी किङ ट्रीलाई मर्ज गरे । त्यो कम्पनी हनीप्रीतले नै सम्हालिन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












