दोस्रो चरणको निर्वाचनका लागि ३६ महिला उम्मेदवार चुनावी मैदानमा (सूचीसहित)
काठमाडौं, १७ कात्तिक । संविधानत: कुनै पनि क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । संविधानमा ३३ प्रतिशत महिला सांसद हुनैपर्ने बाध्यकारी व्यवस्था छ । तर, प्रत्यक्षतर्फ अधिकांश उम्मेदवार पुरुष भएका कारण महिला समानुपातिकबाटै आउनुपर्ने भएको छ ।
स्थानीय तह निर्वाचनमा प्रमुख तथा उपप्रमुख मध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य थियो । जसले गर्दा प्रमुख तथा उपप्रमुख पदमा महिला विजयी भए । तर प्रदेश र प्रतिनिधि सभा सदस्यको लागि भने एउटै पद मात्रै हुदाँ राजनीतिक दलहरुले महिलालाई भन्दा पुरुषलाई नै प्राथमिकता दिए । जसले गर्दा महिला अवसर पाउनबाट बञ्चित भए ।
अर्को कुरा प्रमुख दलहरुले गठबन्धन बनाएर चुनाव लड्दा प्रत्यक्षमा महिला उम्मेदवारको संख्या संविधानले तोकेको भन्दा निकै कम हुन पुग्यो । आफ्नो भागमा परेको सिटमा उम्मेदवार बनाउन आकांक्षी धेरै देखिएपछि राजनीतिक दलहरुले महिलाभन्दा पुरुषलाई नै प्राथमिकता दिए ।
महिलाले प्रत्यक्षमै प्रतिस्पर्धा गर्छौं भन्दा पनि नेताहरु अनुदार बनेको महिला नेतृहरुको आरोप छ । काठमाडौं १ मा एमाले जिल्ला इन्चार्ज समेत रहेकी साबित्रा भुसालको टिकट पक्का भइसकेको थियो । तर, अन्तिममा माओवादीका अनिल शर्मालाई लागि छोडिएपछि उनी बञ्चित भईन् । यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ को ख मा एमालेले विद्यार्थी नेतृ मर्यादा विष्टलाई टिकट दिइसकेको थियो । तर, उनको बेला नभएको भन्दै उनको टिकट कुलवीर चौधरीलाई दिइयो ।
पहिलो चरणमा प्रमुख दुई गठबन्धनबाट जम्मा ९ जना महिला उम्मेदवार भएकामा दोस्रो चरणमा केही बढेको छ । दोस्रो चरणको चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा ९ महिला उम्मेदवार बनेका छन् । कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट ६ जना महिला उम्मेदवार छन् भने मधेसवादी दलको गठबन्धनबाट प्रतिनिधिसभामा एकजना पनि उम्मेदवार छैनन् । प्रदेशसभातर्फ २० जना महिला मैदानमा छन् । एमालेबाट ९ महिला प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।
१ नम्बर प्रदेशः
प्रदेश नम्बर एकबाट सबैभन्दा बढी एमालेले ३ जना महिला नेतृलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । तीमध्ये दुईजना थारु महिला छन् । एमालेबाट झापा २ मा पवित्रा निरौला खरेल, सुनसरी ३ मा भगवती चौधरी र उदयपुर १ मा मञ्जुकुमारी चौधरी छिन् ।
कांग्रेसले दोस्रो चरणमा प्रदेश १ बाट प्रतिनिधिसभातर्फ भौतिक योजना राज्यमन्त्री सीता गुरूङलार्इ तेह्रथुमको उम्मेदवार बनाएको छ । उनी यसअघि दुर्इ पटक समानुपातिकबाट सांसद बनेकी हुन् । प्रत्यक्षतर्फ उनको यो पहिलो अनुभव हो । पहिलो चरणमा यसअघि खोटाङबाट सरस्वती बजिमयको उम्मेदवारी परिसकेको छ । माओवादीले पनि प्रतिनिधिसभामा प्रदेश १ बाट महिला उम्मेदवार दिएन ।
प्रदेशसभातर्फ एमालेले इलाम १ को ख बाट खिनु लिनुङ्वा लिम्बु र उदयपुर २ को ख बाट कला घलेलाई उम्मेदवार बनाएको छ । माओवादीले मोरङ ३ को ख मा गीता तिमल्सिना र उदयपुर १ को २ को क मा भेषकुमारी राउत कोपिलालाई उम्मेदवार बनाएको छ ।
२ नम्बर प्रदेशः
प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट उर्मिला अर्याल र कांग्रेसबाट किरण यादव दुई महिलामात्र उम्मेदवार छन् । मधेसमा बलियो जनाधार भएका राजपा र फोरमबाट भने महिला उम्मेदवार छैनन् ।
प्रदेश २ मा कांग्रेसले महोत्तरी २ मा किरण यादवलाई उम्मेदवार बनाएको छ भन अन्य क्षेत्रमा महिलालाई टिकट दिएन । एमालेले महोत्तरी १ को क मा शारदा थापा र सर्लाही १ को ख मा बेची लुङ्गेलीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।
माओवादीले उर्मिला अर्याललाई पर्सा ४ मा प्रतिनिधिसभा सदस्य र ज्वालाकुमारी साहलाई बारा ३ को क मा प्रदेशसभा उम्मेदवार बनाएको छ । राजपाले प्रदेशसभातर्फ महोत्तरी १ को क मा रुपा यादव, २ को खमा सुरिताकुमारी साह र ३ को ख मा रानी शर्मा तिवारीलाई उम्मेदवार बनाएको छ ।
३ नम्बर प्रदेशः
प्रदेश ३ मा कांग्रेसले दुई महिला नेतृलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । महालक्ष्मी उपाध्याय मकवानपुर २ र अम्बिका बस्नेत काठमाडौं ३ मा उम्मेदवार बनेकी छन् । माओवादीले पार्टी प्रवक्ता पम्फा भुसाललाई ललितपुर ३ बाट उम्मेदवार बनाएको छ ।
एमालेले भने प्रदेशसभामा मात्र महिलालाई उम्मेदवार बनाएको छ । पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेकी छन् । उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।
काठमाडौंमा एमालेले क्षेत्र नम्बर १ को कमा विष्णमाया भुसाल र १० को क मा रमा आले मगरलाई प्रदेशसभा उम्मेदवार बनाएको छ । माओवादीले कुमारी मोक्तानलाई मकवानपुर २ क मा र लालकुमारी पुनलाई ललितपुर १ को क मा उम्मेदवार बनाएको छ ।
४ नम्बर प्रदेशः
प्रदेश ४ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने एकजनामात्र महिला पद्माकुमारी अर्याल भएकी छन् । एमाले केन्द्रीय सदस्य अर्यालले कांग्रेस बरिष्ठ नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै प्रदेश ४ बाट प्रदेशसभातर्फ माओवादीले विना विभागीय मन्त्री आशा कोइरालालाई तनहुँ २ को क बाट उम्मेदवार बनाएको छ । कांग्रेसले निवर्तमान सांसद शारदा पौडेललाई कास्की ३ को ख बाट उम्मेदवार बनाएको छ ।
५ नम्बर प्रदेशः
प्रदेश ५ मा कांग्रेसले सुशीला चौधरी र वाम गठबन्धनले दुर्गा पौडेललाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको छ । चौधरीले दाङ १ मा वामपन्थी गठबन्धनका उम्मेदवार एमाले नेता मेटमणी चौधरीसँग र प्युठानमा पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन् । प्रदेशसभातर्फ एमालेले बाँके १ ख मा आरती पौडेल र रुपन्देही ४ ख मा पल्लबी शुक्ललाई उम्मेदवार बनाएको छ ।
७ नम्बर प्रदेशः
यसपटक ७ नम्बर प्रदेशमा महिलाको मात्रै प्रतिस्पर्धा हुने भएको छ । कैलाली १ मा वामपन्थी गठबन्धनबाट एमाले केन्द्रीय सदस्य गरिमा शाह र कांग्रेस नेतृ ईश्वरी न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । त्यस्तै कैलाली ५ मा कांग्रेसबाट डा. आरजु राणा देउवा चुनावी मैदानमा छिन् भने कन्चनपुर १ मा माओवादीले बिना मगर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











