सिरहामा सातजना पूर्वमन्त्री नै चुनावी प्रतिस्पर्धामा
लहान, १७ कात्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन् ।
सिरहा क्षेत्र नम्बर–४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमन्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।उनीहरुसँगै सो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रिएका छन् ।
सिरहा क्षेत्र नम्बर–१ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनीसँग नेपाली कांग्रेसका नेता प्रदीप गिरि र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर–२ मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघ्नप्रसाद सिंह महतोले चुनावी दौडमा सिट सुरक्षित गरेका छन् भने उनीसँगै वाम गठबन्धनका तर्फबाट पूर्वस्वास्थ्य सहायकमन्त्री सुरेशचन्द्र दास यादव र नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर–२ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्वआपूर्तिमन्त्री विजयकुमार यादव चुनावी प्रतिस्पर्धामा छन् भने उनीसँगै वाम गठबन्धनका तर्फबाट माओवादीका जीवछ यादव र कांग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर–३ (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्वसामान्य प्रशासनमन्त्री रामकुमार यादव चुनावी दौडमा उत्रिएका छन् भने उनीसँगै कांग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह प्रतिस्पर्धामा छन् । पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा उत्रिएपछि अहिले सिरहाको चुनाव सबैको चासोको विषय बनेको छ ।
प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ क्षेत्र रहेको जिल्लामा तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । जिल्लामा ४३६ मतदान केन्द्र तोकिएको छ । रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












