क्युबाको आम निर्वाचनमा २७ हजार उम्मेदवार चुनावी मैदानमा
हवाना, क्युबा, १८ कात्तिक क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदबारी दर्ता गराएका छन् ।
आउदो नोभेम्बर २६ तारिखका दिन हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले शुक्रबार जनाएको छ ।
आयोगले जारी गरेको वक्तव्यका अनुसार कुल उम्मेदवारहरु मध्ये ३५।४ प्रतिशत उम्मेदवारहरु महिला रहेका छन् ।
त्यसैगरी झण्डै ६६।४४ प्रतिशत उम्मदेबारहरु दोहो¥याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ ।
क्युबामा उम्मेदवारहरुलाई कुनै एउटा राजनीतिक पार्टीको उम्मेदवारको रुपमा प्रचार गर्न नपाईने व्यवस्था रहेको छ ।
आफ्नो फोटो र जीवनीको प्रचार गरेर उम्मेदवारहरुले मतदातासँग मत माग्न पाउने छन् भने मतदाताले पनि त्यसैका आधारमा उम्मेदवारको छनौट गर्नेछन् ।
यीनै उम्मेदवारहरु मध्येबाट नै १५ प्रदेशसभाका लागि र उम्मेदवारहरु मध्ये आधा राष्ट्रिय सभाका लागि छनौट हुनेछन् ।
क्युबामा नगरपालिकास्तरको निर्वाचन हरेक साढे दुई बर्षमा हुने गरेको छ भने प्रदेश सभा र राष्ट्रिय सभाका लागि पाँच पाँच बर्षमा मात्रै निर्वाचन हुनेगरेको छ ।
अहिलेका राष्ट्रपति राहुल क्याष्ट्रोको पाँच पाँच बर्षे दोस्रो कार्यकाल आगामी सन् २०१८ को फेब्रुअरीमा सकिनेछ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












