असुरक्ष बढेको भन्दै उम्मेदवारलाई सादा पोसाकमा नेपाली सेनाको सुरक्षा
काठमाडौं, १९ कात्तिक । चुनावका बेला असुरक्षित महशुस गरेका उम्मेदवार तथा नेताहरुलाई नेपाली सेनाले सादा पोसाकमा सुरक्षा दिएको छ । नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवार तथा नेताहरुको सुरक्षालाई ध्यानमा राख्दै बढि खतरा भएकाहरुलाई सादा पोसाकबाटै सुरक्षा दिन थालेको नेपाली सेनाको स्रोतले भन्यो ।
‘ सुरक्षा खतरामा रहेका नेतालाई सादा पोसाकमा सुरक्षा दिइएको छ, आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुुरक्षा निकायसँग समन्वय गर्न पनि नेता तथा उम्मेदवारलाई सचेत गराइएको छ ।’ स्रोतले भन्यो । उम्मेदवारले आफूमाथि पर्न सक्ने खतरा आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतना अपनाउन सेनाले आग्रह समेत गरेको बुझिन्छ ।
सुरक्षासम्बन्धी सानो सूचना पनि सुरक्षा निकायलाई दिन कन्जुस्याइँ नगर्नसमेत सेनाको सुझाव छ । सेनाको उच्च स्रोतका अनुसार सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराउने गरेको छ ।
कतिपय नेताहरू सार्वजनिक समारोहमा जाँदा ध्यान दिनुपर्ने र राति अबेरसम्म हिँड्दा समस्या पर्न सक्ने भन्दै सचेत गराइएको सेना सम्बद्ध स्रोतको भनाई छ । तराईका केही स्थानमा त्यस्तो चुनौती रहेको सेनाले उल्लेख गरेको छ ।
त्यस्तै उम्मदेवारको सुरक्षामा सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरेको छ । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने हुनाले उम्मेदवार आफैं सचेत रहनुपर्ने विषयमा सबै सुरक्षा निकाय सहमत हुँदै त्यस्तो सुझाव दिइएको हो । सेनाले त्यस्ता सबै स्थानमा आफ्ना सुरक्षाकर्मी खटाइसकेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












