यी हुन् प्रदेशसभा राेजेका ‘हेभिवेट’ उम्मेदवार, जस्लाई मुख्यमन्त्रीको रुपमा हेरिदैं
काठमाडौं, १९ कात्तिक । यतिबेला प्रदेश र प्रतिनिधिसभा चुनावको चहल पहल बढेको छ । राजनीतिक दलहरु आफ्नो उम्मेदवार जिताउन रातदिन तल्लिन छन् । मतदातालाई विश्वासमा ल्याउन विभिन्न आश्वासन देखि विकास निर्माणका कुराहरु समेत दलहरुले यतिबेला मतदातासँग राखिरहेका छन् ।
नेपालको संघीय कानुन अनुसार पहिलो पटक हुन लागेको चुनावमा विभिन्न राजनीतिक दलदहरुले चर्चित अनुहारलाई चुनावी मैदानमा उतारेका छन् । संघीय संरचनामा पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय संसद्का चर्चित अनुहार पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
केन्द्रीय स्तरका नेताहरु प्रदेशको मुख्यमन्त्री बन्न प्रदेश सभाको चुनावको लागि तल झरेका छन् । प्रदेशको मुख्यमन्त्रीको आकांक्षामा कतिपय प्रदेशको चुनावी मैदानमा छन्। कतिपय प्रतिनिधिसभामा टिकट पाउन नसकेपछि राजनीतिक यात्रालाई निरन्तरता दिन प्रदेश रोज्न बाध्य भएका छन्।
प्रदेशसभा रोज्ने ‘हेभिवेट’ पात्र सबैभन्दा बढी एमालेमा छन्। केन्द्रको संसदीय भूमिकामा अब्बल ठहरिएका माओवादी केन्द्रका केही नेताहरु पनि प्रदेश झरेका छन्। कांग्रेसका थोरैमात्र नेताले प्रदेश रोजेका छन्। कांग्रेसका केन्द्रीय स्तरका नेताहरुले केन्द्रमा नै सिट सुरक्षित राखेका छन् । तर एमाले माओवादी केन्द्र गठबन्धन बनाएर अघि बढ्दा केन्द्रीयस्तरका नेता पनि प्रदेशमा झर्न बाध्य भएका हुन् । उनीहरुले भागबण्डाका आधारमा आफ्नो भागमा परेका निर्वाचन क्षेत्रमा केन्द्रीय स्तरका नेतालाई समेत टिकट दिएका हुन् ।
प्रदेश १ मा एमालेमा मुख्यमन्त्रीको दाबीसहित एमाले सचिव भीम आचार्य, पूर्वमन्त्री शेरधन राई, युवा नेता राजेन्द्र राई प्रदेशसभा तर्फ उम्मेदवार बनेका छन्। यस्तै, प्रदेश ३ बाट केन्द्रीय संसदमा प्रभावशाली भूमिकामा रहेका एमालेका राजेन्द्र पाण्डे, पशुपति चौलागाई, अष्टलक्ष्मी शाक्य प्रदेशसभा उम्मेदवार बनेका छन्।
यसअघि प्रतिनिधिसभातर्फ प्रतिस्पर्धा गर्दै आएका कैलाश ढुङ्गेल, अरुण नेपाल लगायतका केन्द्रीय राजनीतिमा चर्चामा रहेका पात्र पनि प्रदेशसभामा उम्मेदवार बनेका छन्। संसदीय राजनीतिमा चिनिएका एमालेका पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, प्रकाश ज्वाला, रामेश्वर फुयाल पनि प्रदेशसभा तर्फ नै उम्मेदवार बनेका छन्।
कांग्रेसबाट पूर्वमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन्। कांग्रेसका युवा नेता प्रदीप पौडेल, ध्रुव वाग्ले पनि प्रदेशसभामा उम्मेदवार बनेका छन्। संविधानसभामा प्रतिनिधित्व गरेका कांग्रेसका अर्का युवा नेता जगदिश्वर नरसिंह केसी पनि प्रदेशसभा तर्फ प्रतिस्पर्धामा छन्।
माओवादी केन्द्रका तर्फबाट हाल बिना विभागीय मन्त्री रहेका महेन्द्रबहादुर शाही प्रदेशसभामा प्रतिस्पर्धामा छन्। शालिकराम जमरकट्टेल, पूर्व राज्यमन्त्री राधिका तामाङ लगायत पनि माओवादीबाट प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन्।
तीन दलका केन्द्रीयस्तरका नेताहरुले मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रदेशमा झरेका हुन् । उनीहरु आफुलाई मुख्यमन्त्रीको रुपमा चिनाउँदै भोट मागिरहेका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











