यी हुन् प्रदेशसभा राेजेका ‘हेभिवेट’ उम्मेदवार, जस्लाई मुख्यमन्त्रीको रुपमा हेरिदैं
काठमाडौं, १९ कात्तिक । यतिबेला प्रदेश र प्रतिनिधिसभा चुनावको चहल पहल बढेको छ । राजनीतिक दलहरु आफ्नो उम्मेदवार जिताउन रातदिन तल्लिन छन् । मतदातालाई विश्वासमा ल्याउन विभिन्न आश्वासन देखि विकास निर्माणका कुराहरु समेत दलहरुले यतिबेला मतदातासँग राखिरहेका छन् ।
नेपालको संघीय कानुन अनुसार पहिलो पटक हुन लागेको चुनावमा विभिन्न राजनीतिक दलदहरुले चर्चित अनुहारलाई चुनावी मैदानमा उतारेका छन् । संघीय संरचनामा पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय संसद्का चर्चित अनुहार पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
केन्द्रीय स्तरका नेताहरु प्रदेशको मुख्यमन्त्री बन्न प्रदेश सभाको चुनावको लागि तल झरेका छन् । प्रदेशको मुख्यमन्त्रीको आकांक्षामा कतिपय प्रदेशको चुनावी मैदानमा छन्। कतिपय प्रतिनिधिसभामा टिकट पाउन नसकेपछि राजनीतिक यात्रालाई निरन्तरता दिन प्रदेश रोज्न बाध्य भएका छन्।
प्रदेशसभा रोज्ने ‘हेभिवेट’ पात्र सबैभन्दा बढी एमालेमा छन्। केन्द्रको संसदीय भूमिकामा अब्बल ठहरिएका माओवादी केन्द्रका केही नेताहरु पनि प्रदेश झरेका छन्। कांग्रेसका थोरैमात्र नेताले प्रदेश रोजेका छन्। कांग्रेसका केन्द्रीय स्तरका नेताहरुले केन्द्रमा नै सिट सुरक्षित राखेका छन् । तर एमाले माओवादी केन्द्र गठबन्धन बनाएर अघि बढ्दा केन्द्रीयस्तरका नेता पनि प्रदेशमा झर्न बाध्य भएका हुन् । उनीहरुले भागबण्डाका आधारमा आफ्नो भागमा परेका निर्वाचन क्षेत्रमा केन्द्रीय स्तरका नेतालाई समेत टिकट दिएका हुन् ।
प्रदेश १ मा एमालेमा मुख्यमन्त्रीको दाबीसहित एमाले सचिव भीम आचार्य, पूर्वमन्त्री शेरधन राई, युवा नेता राजेन्द्र राई प्रदेशसभा तर्फ उम्मेदवार बनेका छन्। यस्तै, प्रदेश ३ बाट केन्द्रीय संसदमा प्रभावशाली भूमिकामा रहेका एमालेका राजेन्द्र पाण्डे, पशुपति चौलागाई, अष्टलक्ष्मी शाक्य प्रदेशसभा उम्मेदवार बनेका छन्।
यसअघि प्रतिनिधिसभातर्फ प्रतिस्पर्धा गर्दै आएका कैलाश ढुङ्गेल, अरुण नेपाल लगायतका केन्द्रीय राजनीतिमा चर्चामा रहेका पात्र पनि प्रदेशसभामा उम्मेदवार बनेका छन्। संसदीय राजनीतिमा चिनिएका एमालेका पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, प्रकाश ज्वाला, रामेश्वर फुयाल पनि प्रदेशसभा तर्फ नै उम्मेदवार बनेका छन्।
कांग्रेसबाट पूर्वमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन्। कांग्रेसका युवा नेता प्रदीप पौडेल, ध्रुव वाग्ले पनि प्रदेशसभामा उम्मेदवार बनेका छन्। संविधानसभामा प्रतिनिधित्व गरेका कांग्रेसका अर्का युवा नेता जगदिश्वर नरसिंह केसी पनि प्रदेशसभा तर्फ प्रतिस्पर्धामा छन्।
माओवादी केन्द्रका तर्फबाट हाल बिना विभागीय मन्त्री रहेका महेन्द्रबहादुर शाही प्रदेशसभामा प्रतिस्पर्धामा छन्। शालिकराम जमरकट्टेल, पूर्व राज्यमन्त्री राधिका तामाङ लगायत पनि माओवादीबाट प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन्।
तीन दलका केन्द्रीयस्तरका नेताहरुले मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रदेशमा झरेका हुन् । उनीहरु आफुलाई मुख्यमन्त्रीको रुपमा चिनाउँदै भोट मागिरहेका छन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












