विवेकशील साझाका उज्वल थापा भोट माग्न प्रचण्ड निवास लाजिम्पाट पुगेपछि
काठमाडौं, १९ कात्तिक । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार उज्वल थापा चुनावी अभियानमा व्यस्त छन् । उनी दैनिक रुपमा मतदाता भेटघाट गर्नेदेखि लिएर घरदैलो अभियान सम्ममा व्यस्त छन् । थापा जहाँ जहाँ पुग्छन्, त्यहा त्यहा उनी मतदातासँगै निकै खुलेर कुरा गर्दै आएका छन् ।
ठाउँँमा अन्तक्र्रियामा सहभागी हुँदै आफू उम्मेदवार हुनुको उद्धेश्य स्पष्ट पारिरहेका छन् । अभियानका क्रममा शनिवार बिहान ८ बजे उनी बुढानिलकण्ठ ७ मा सयौं मतदातासँग अन्तरक्रिया कार्यक्रममा सहभागी भए । त्यहीँबाट घरदैलो कार्यक्रममा सरिक हुँदै थापाको अभियान धापासी क्षेत्रमा पुगेको थियो ।
पूर्णिमाको उपलक्ष्यमा बूढानीलकण्ठ मन्दिरमा आयोजित मेलामा सहभागी हुँदै थापाले सम्पदा संरक्षणको विषयमा विवेकशील साझा पार्टी सजक रहेको र विगतमा पनि सडक संदेश तथा पैरवी मार्फत् सम्बन्धित निकायलाई खबरदारी गरेको कुरा व्यक्त गरे । उक्त कार्यक्रम पश्चात् २ बजे देखि ६ बजेसम्म पुनः घर दैलो कार्यक्रमलाई निरन्तरता दिँदैं पानीपोखरीदेखि लाजिम्पाटसम्म मतदाता भेटघाटमा व्यस्त रहे ।
थापा भोट माग्ने क्रममा प्रचण्ड निवास पनि पुगेका थिए । प्रचण्डको घरमा पनि उनले आम मतदाताहरुलाई जस्तै गरी भोट मागेका थिए । भेटघाट, अन्तरक्रिया तथा घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएसंगै थापा उत्साही देखिएका छन् ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











