बागी उम्मेदवारी फिर्ता गर्न ५० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर
पर्वत, १९ कात्तिक । बागी उम्मेदवारी फिर्ता गर्न हेलिकोप्टर चार्टर गरिएको छ । प्रथम चरणको निर्वाचनको उम्मेदवारी फिर्ताका क्रममा पनि हेलिकोप्टर चार्टर गरिएको थियो । दोस्रो चरण निर्वाचनका लागि पनि वागी उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको हो ।
नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलको उमेदवारी फिर्ता लिन हेलिकोप्टर चार्टर गरिएको हो । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गरी उम्मेदवारी फिर्ता लिएका हुन्।
पौडेलले उमेदवारी फिर्ता लिन पोखराबाट कुस्मासम्म हेलिकप्टर चार्टर गरेका थिए । प्रभु एयरको हेलिकप्टर ५० हजार रुपैयाँमा चार्टर गरिएको थियो। पौडेलको नाममा १ बजे अघि नै उमेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिइएको थियो। तर पौडेल भने १ः३० पछि मात्रै निर्वाचन कार्यालयमा पुगेका थिए।
पौडेलले नेपाली कांग्रेसले उचित जिम्मेवारी दिने बिषयमा सहमति भएपछि उमेदवारी फिर्ता गरेको बताए। नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी मनोज गुरुङ्ग, मोहन आचार्य, प्रकाश पौडेललगायतको पहलमा शनिबार मध्यरातसम्म पोखरामा छलफल भएपछि आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले उमेदवारी फिर्ता लिएका हुन्।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












