सुनसरीमा कांग्रेस उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्की सबैभन्दा बलिया, वाम भन्दा १० हजार मत बढी
सुनसरी, २० कात्तिक । सुनसरीमा नेपाली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्की सबैभन्दा बलिया देखिएका छन् । सुनसरी क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका अर्थमन्त्री कार्की सबैभन्दा बलिया देखिएका हुन् । संघीय समाजवादी फोरम नेपालले कांग्रेसका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएपछि कार्कीको मत बलियो बनेको हो । फोरमका तर्फबाट मनोजकुमार यादवले उम्मेदवारी फिर्ता लिँदै कार्कीलाई समर्थन गरेका छन् ।
स्थानीय तह निर्वाचनको मत हेर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कार्की वाम गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छन् । त्यस क्षेत्रमा १ लाख ११ हजार ४ सय ८१ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय १७ मत पाएका थिए ।
यसरी हेर्दा कार्कीको लोकतान्त्रिक गठबन्धनको भोट ३३ हजार ८ सय १७ छ भने नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठको २३ हजार ६ सय ९६ मत छ । कार्की करिब १० हजार भोटले अगाडि छन् । पटक पटक झिनो मतले हार्दै आएका कार्की जनतासामू त्यति लोकप्रिय हुन भने सकेका छैनन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












