विराटनगरलाई प्रादेशिक राजधानी बनाउने कांग्रेसको घोषणा
विराटनगर, २० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे ।
मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने उल्लेख गरे । केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए ।
अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नंं–२ का उमेदवार मीनेन्द्र रिजालले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसको नेतृत्वमा समृृद्धि र अभियान’ मूलनाराका साथ कांग्रेस निर्वाचनमा होमिएको प्रशंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गरे । मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली कांग्रेस रहेको भन्दै उनले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने विषयमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बू, क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली कांग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












