आचार संहिता उल्लंघन गर्दै कांग्रेस उम्मेदवार हेलिकप्टर चार्टर गरेर प्रचारमा
गोरखा, २० कात्तिक । कांग्रेस उम्मेदवारले आचार संहिता उल्लंघन गर्दै हेलिकोप्टर चार्टर गरेका छन् । गोरखा क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन आचार संहिता उल्लंघन गर्दै हेलिकप्टर चार्टर गरेर चुनाव प्रचार प्रसार गर्न थालेका हुन् ।
सोमबार बिहानै उनी हेलिकप्टर लिएर उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेको स्थानियवासीले बताएका छन् । उनले चुनाव प्रचार गरेको स्थलको तस्बिरमा दुईवटा हेलिकप्टर देखिन्छ । कांग्रेस सभापति तथा प्रदेशका समानुपातिक तर्फमा उम्मेदवार हरिबहादुर घले पनि उनी सँगै गएका छन् ।
जिल्ला सुरक्षा समितिले बजगाईको कार्यक्रमबारे थाहा नभएको प्रतिक्रिया दिएको छ । सामागाउँबाट ल्हो तर्फ उम्मेदवार हेलिकप्टरमा उडेको प्रहरी स्रोतले जनाएको छ । ‘आज उम्मेदवार सम्पर्कविहिन हुनुहुन्छ, सुरक्षा समितिमा जानकारी छैन,’ एक सुरक्षा प्रमुखले भने । चुनावी कार्यक्रमबारे सुरक्षा समितिलाई पूर्व जानकारी दिनुपर्ने भएपनि उनले जानकारी बिना हेलिकप्टर चार्टर गरेर त्यसतर्फ सुटुक्क गएको स्रोतको दाबी छ ।
निर्वाचन आयोगका सहसचिव विकास तिमिल्सिनाले बजगाईले हेलिकप्टर चार्टरको अनुमति लिएकोबारे जानकारी नभएको बताए । ‘अनुमति लिएको मेरो जानकारीमा छैन,’ उनले भने ।
प्रवक्ता नवराज ढकालले पनि यसबारे अनविज्ञता प्रकट गरे । बजगाईले हेलिकप्टर चार्टर गरेर प्रचारप्रसार थालेपछि माओवादी र एमाले उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति नलिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












