यि हुन्, श्रीमान-श्रीमती नै उम्मेदवार बन्न पाउने भाग्यमानी राजनीतिज्ञ
काठमाडौं, २१ कात्तिक । यतिबेला देशभर चुनावको चटारो छ । राजनीतिक दलहरु देखि आम मतदातासम्मलाई चुनावले छोईसकेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवारलाई भोट माग्नमा व्यस्त छन्, भने आम मतदाताहरु कस्तो व्यक्ति छान्ने भन्ने विषयमा छलफल गरिहेका छन् ।
संघीय गणतन्त्र कार्यान्वयनको पहिलो आधारका रुपमा हेरिएको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि विभिन्न रोचक तथ्यहरु देखिएका छन् । कुनै क्षेत्रमा केन्द्रीय स्तरका नेताहरु प्रदेशमा चुनाव लड्दै छन्, भने कतै हेविवेट हरु एक आपसमा भिडिरहेका छन् ।
दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् । तर, केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् ।
१० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न दलले श्रीमान्–श्रीमतीलाई नै उम्मेदवार बनाएका छन् । तर, अन्यभन्दा नेकपा (माओवादी केन्द्र) मा दम्पती उम्मेदवारको संख्या बढी छ ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट र देउवा पत्नी आरजु राणा देउवाले कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै जना समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन् । खस आर्यतर्फ खाँणको नाम एक नम्बरमा छ भने मञ्जु खस आर्य महिलातर्फको पाँचौ नम्बरमा छिन् ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ–२ ‘क’ बाट प्रदेश सभाको उम्मेदवारी दिएका छन् । एमाले केन्द्रिय सदस्य तथा पोखरेल पत्नी सुजिता शाक्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा छन् । एमाले केन्द्रिय सदस्य रघुवीर महासेठ धनुषा–४ मा प्रत्यक्षतर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् भने उनकी श्रीमती जुलीकुमारी महतो प्रतिनिधि सभामै समानुपातिक उम्मेदवार छिन् ।
पूर्व सभामुख ओनसरी घर्ती मगर समानुपातिकबाट सांसद् बन्ने तयारीमा छन् भने उनका श्रीमान माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । पूर्व सभामुख घर्तीको नाम आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छ ।
प्रतिनिधि सभामा जाजरकोटबाट उम्मेदवारी दिएका माओवादी नेता शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभाकै समानुपातिकतर्फका उम्मेदवार सत्या पहाडी पनि श्रीमान श्रीमती हुन । दुवै पूर्व मन्त्री समेत हुन । रोल्पा ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।
माओवादी नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट र पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिकतर्फबाट उम्मेदवार छन् । काठमाडौं–१० का माओवादी उम्मेदवार हितमान शाक्य र श्रीमती अमृता थापा मगर समानुपातिकतर्फका उम्मेदवार छिन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












