यि हुन्, श्रीमान-श्रीमती नै उम्मेदवार बन्न पाउने भाग्यमानी राजनीतिज्ञ
काठमाडौं, २१ कात्तिक । यतिबेला देशभर चुनावको चटारो छ । राजनीतिक दलहरु देखि आम मतदातासम्मलाई चुनावले छोईसकेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवारलाई भोट माग्नमा व्यस्त छन्, भने आम मतदाताहरु कस्तो व्यक्ति छान्ने भन्ने विषयमा छलफल गरिहेका छन् ।
संघीय गणतन्त्र कार्यान्वयनको पहिलो आधारका रुपमा हेरिएको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि विभिन्न रोचक तथ्यहरु देखिएका छन् । कुनै क्षेत्रमा केन्द्रीय स्तरका नेताहरु प्रदेशमा चुनाव लड्दै छन्, भने कतै हेविवेट हरु एक आपसमा भिडिरहेका छन् ।
दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् । तर, केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् ।
१० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न दलले श्रीमान्–श्रीमतीलाई नै उम्मेदवार बनाएका छन् । तर, अन्यभन्दा नेकपा (माओवादी केन्द्र) मा दम्पती उम्मेदवारको संख्या बढी छ ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट र देउवा पत्नी आरजु राणा देउवाले कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै जना समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन् । खस आर्यतर्फ खाँणको नाम एक नम्बरमा छ भने मञ्जु खस आर्य महिलातर्फको पाँचौ नम्बरमा छिन् ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ–२ ‘क’ बाट प्रदेश सभाको उम्मेदवारी दिएका छन् । एमाले केन्द्रिय सदस्य तथा पोखरेल पत्नी सुजिता शाक्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा छन् । एमाले केन्द्रिय सदस्य रघुवीर महासेठ धनुषा–४ मा प्रत्यक्षतर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् भने उनकी श्रीमती जुलीकुमारी महतो प्रतिनिधि सभामै समानुपातिक उम्मेदवार छिन् ।
पूर्व सभामुख ओनसरी घर्ती मगर समानुपातिकबाट सांसद् बन्ने तयारीमा छन् भने उनका श्रीमान माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । पूर्व सभामुख घर्तीको नाम आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छ ।
प्रतिनिधि सभामा जाजरकोटबाट उम्मेदवारी दिएका माओवादी नेता शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभाकै समानुपातिकतर्फका उम्मेदवार सत्या पहाडी पनि श्रीमान श्रीमती हुन । दुवै पूर्व मन्त्री समेत हुन । रोल्पा ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।
माओवादी नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट र पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिकतर्फबाट उम्मेदवार छन् । काठमाडौं–१० का माओवादी उम्मेदवार हितमान शाक्य र श्रीमती अमृता थापा मगर समानुपातिकतर्फका उम्मेदवार छिन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











