कांग्रेसलाई वाम गठबन्धनको प्रश्नः विचार मिल्ने पार्टी एक ठाउँमा उभिँदा रुवाबासी किन ?
काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्ने दुई पार्टी मिल्दा कांग्रेसले रुवाबासी गर्न नहुने बताएका छन् । दुई वाम पार्टी नेकपा एमाले र माओावादी केन्द्रको साझा घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताका लागि कांग्रेससँग मिल्दा ठीक हुने तर अरु दल मिल्दा बेठीक हुने कुरा स्वीकार्न नसकिने बताए ।
‘हिजो कांग्रेसलाई सत्तामा पुर्याउन माओवादीले मिलिदिँदा कांग्रेसलाई ठीक हुने तर आज दुई कम्युनिस्ट मिल्दा अधिनायकवाद आउने ?’, ओलीले प्रश्न गरे, ‘विचार मिल्ने पार्टी एक ठाउँमा उभिनु स्वभाविक हो । यसका किन र केका लागि रुवाबासी ?’
विगतमा पनि एमाले र माओवादीले मिलेर सरकार चलाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यसबेला त कोकोहोलो मच्चिएको थिएन । अनि अहिले एमाले र माओवादी मिल्दा पैताला बजाउने, कपाल लुछ्ने किन ?’ उनले अघि भने, ‘लोकतन्त्र समाप्त हुन लाग्यो रे ? झगडा गर्यो भने लोकतन्त्र बलियो हुन्छ ?’
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई पार्टीको साझा घोषणापत्र सर्वोत्वकृष्ट रहेको बताउँदै सत्ताका लागि नभइ देश विकासका लागि दुई पार्टी मिल्न लागेको बताए । ‘महान कामका लागि, राष्ट्र निर्माणका लागि हाम्रो घोषणापत्र सर्वोत्कृष्ट छ’, उनले भने, ‘यसले महान कामको पनि थालनी गर्ने छ । साझा घोषणा पत्र जारी गरेको पत्याउन समेत अरु दललाई अफ्ठेरो भएको छ ।’
चुनाव लड्न नभइ देश बनाउन साझा घोषणापत्र ल्याएको जिकिर ओलीको थियो । ‘हामीले चुनाव लड्न होइन, देश बनाउन घोषणा पत्र ल्याएका हौँ’, उनले भने, ‘यो अबलम्बन गर्न नसक्नेलाई गारो होला, देशको विकास हेर्न चाहनले हाम्रो प्रयासलाई सकारात्मक रुपमा लिनुहुन्छ ।’
लोकतन्त्र कसैले ल्याइदिएको उपहार नभएको ओलीको जिकिर थियो । ‘लोकतन्त्र कसैले ल्याईदिएर उपहार दिएको होइन । लोकतन्त्रको लागि त्याग गरेको पुस्ता यहाँ छ । लोकतन्त्रलाई निष्ठामा मात्र सीमित राख्नु हुँदैन’, उनले भने ।
जनताले वाम गठबन्धनलाई पत्याएको बताउँदै अब देशको विकासमा केन्द्रि हुने बताए । ‘कसैकसैले मैले भनेको कुरा भनेर बङग्याएर चर्चा गरेका छन् । हामीले हाम्रो संसदीय व्यवस्था छानेका छौँ’, उनले भने, ‘तानाशाही व्यवस्थालाई मात्र गाली गर्ने हो । हामीले अमेरिकालाई गाली गर्नुछैन । नेपाली सबैलाई आफ्नो अधिकार प्रयोग गर्ने अवसर छ । हामी लोकतन्त्रप्रति प्रतिबद्व छौं । यसमा कसैले भ्रम नछरे हुन्छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











