तीन महिनामा सेञ्चुरी बैंकको नाफा ४२ प्रतिशतले बढ्यो
काठमाडौं, २३ कात्तिक । सेञ्चुरी बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा गत वर्षको भन्दा ४२ प्रतिशतले नाफा बढाएको हो । बैंकले पहिलो तीन महिनामा १० करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गतवर्षको सोही अवधिमा ७ करोड ४२ लाख रुपैयाँ थियो।
बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी ३३ करोड १९ लाख रुपैयाँ छ। गत वर्षको सोही अवधिमा २१ करोड ८१ लाख रुपैयाँ थियो । बैंकले पहिलो तीन महिनामा ४५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गतवर्षको सोही अवधिमा ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकले पहिलो तीन महिनामा दुर्इ करोड ५५ लाख रुपैयाँ राइट व्याक गरेको छ। बैंकको चुक्ता पूँजी पाँच अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ। बैंकले ८ अर्ब पुर्याउन अझै दुर्इ अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने चुनौती छ। बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा ११.८५ प्रतिशत बाट बढेर १५.६६ प्रतिशत पुगेको छ। त्यस्तै बैंकको खराब कर्जा पनि ०.३३ प्रतिशतबाट बढेर १.७० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












