ठूला दलका घोषणापत्रमा सार्वजनिक यातायात सुधारले ठाउँ पाएन
काठमाडौं, २३ कात्तिक । सार्वजनिक यातायातको यात्रा सकसपूर्ण बन्दै गए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलले सार्वजनिक गरेका घोषणापत्रमा यातायात क्षेत्र व्यवस्थित गर्ने मूर्त मुद्दा छैनन् ।
नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा यातायात क्षेत्रलाई व्यवस्थित गर्ने कुनै कार्यक्रम छैन । यसैगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धनको घोषणापत्रमा पनि अस्तव्यस्त बनेको यो क्षेत्रलाई व्यवस्थित बनाउने ठोस कुरा केही उल्लेख छैन ।
दुवै घोषणापत्रमा लेखिएको यातायात अन्तर्गतको बुँदामा पूर्वाधारका महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरिए पनि सर्वसाधारणले दैनिक दुःख भोग्ने सार्वजनिक यातायातलाई सुलभ बनाउने सोच अघि आएन । पूर्वाधार निर्माण भएका स्थानमा व्यवस्थित सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रु सकसपूर्ण रुपमा यात्रा गर्न बाध्य छन् ।
यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका रामबहादुर थापा दलले यातायात व्यवसायीसँग चन्दा लिएर दल सञ्चालन गर्ने भएकाले एकाधिकार (सिण्डिकेट) र अव्यवस्था कायम रहेको आरोप लगाउनुहुन्छ । “दलले कार्यकर्तालाई यातायात व्यवसायी महासंघको नेता बनाउँछन्, दलकै आडमा सडक रु दुई लाखदेखि १५ लाख सम्ममा बिक्री भइरहेको छ, सार्वजनिक यातायातमा भेडा–बाख्रा झैँ यात्रु कोचिन्छन्, यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिन पनि दलको संरक्षण छ”, उहाँले भन्नुभयो ।
स्थानीय बस समितिमा पनि काँग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई भाग मिलाएर पद लिएको देखिने थापाले उल्लेख गर्नुभयो । सार्वजनिक यातायातमा उठाइने बढी भाडाबाट दैनिक रु १६ करोडदेखि रु १८ करोडसम्म असुलिने गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र विभागका महानिर्देशकले यातायात क्षेत्र सुधारका काम थाले पनि राजनीतिक नेतृत्वले सफल हुन नदिने गरेको यस क्षेत्रका भुक्तभोगीको गुनासो छ । ठूला दल मात्र होइन राप्रपा (प्रजातान्त्रिक) ले सार्वजनिक गरेको घोषणापत्रमा पनि यातायात क्षेत्रका सम्बन्धमा केही उल्लेख छैन । अन्य साना दलका घोषणापत्रमा यातायातलाई पूर्वाधारसँग जोडेर शब्द लेखिए पनि यातायातमै केन्द्रित भएर सुधारका लागि ठोस कार्यक्रम समावेश गरिएको छैन । रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












