ठूला दलका घोषणापत्रमा सार्वजनिक यातायात सुधारले ठाउँ पाएन
काठमाडौं, २३ कात्तिक । सार्वजनिक यातायातको यात्रा सकसपूर्ण बन्दै गए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलले सार्वजनिक गरेका घोषणापत्रमा यातायात क्षेत्र व्यवस्थित गर्ने मूर्त मुद्दा छैनन् ।
नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा यातायात क्षेत्रलाई व्यवस्थित गर्ने कुनै कार्यक्रम छैन । यसैगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धनको घोषणापत्रमा पनि अस्तव्यस्त बनेको यो क्षेत्रलाई व्यवस्थित बनाउने ठोस कुरा केही उल्लेख छैन ।
दुवै घोषणापत्रमा लेखिएको यातायात अन्तर्गतको बुँदामा पूर्वाधारका महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरिए पनि सर्वसाधारणले दैनिक दुःख भोग्ने सार्वजनिक यातायातलाई सुलभ बनाउने सोच अघि आएन । पूर्वाधार निर्माण भएका स्थानमा व्यवस्थित सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रु सकसपूर्ण रुपमा यात्रा गर्न बाध्य छन् ।
यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका रामबहादुर थापा दलले यातायात व्यवसायीसँग चन्दा लिएर दल सञ्चालन गर्ने भएकाले एकाधिकार (सिण्डिकेट) र अव्यवस्था कायम रहेको आरोप लगाउनुहुन्छ । “दलले कार्यकर्तालाई यातायात व्यवसायी महासंघको नेता बनाउँछन्, दलकै आडमा सडक रु दुई लाखदेखि १५ लाख सम्ममा बिक्री भइरहेको छ, सार्वजनिक यातायातमा भेडा–बाख्रा झैँ यात्रु कोचिन्छन्, यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिन पनि दलको संरक्षण छ”, उहाँले भन्नुभयो ।
स्थानीय बस समितिमा पनि काँग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई भाग मिलाएर पद लिएको देखिने थापाले उल्लेख गर्नुभयो । सार्वजनिक यातायातमा उठाइने बढी भाडाबाट दैनिक रु १६ करोडदेखि रु १८ करोडसम्म असुलिने गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र विभागका महानिर्देशकले यातायात क्षेत्र सुधारका काम थाले पनि राजनीतिक नेतृत्वले सफल हुन नदिने गरेको यस क्षेत्रका भुक्तभोगीको गुनासो छ । ठूला दल मात्र होइन राप्रपा (प्रजातान्त्रिक) ले सार्वजनिक गरेको घोषणापत्रमा पनि यातायात क्षेत्रका सम्बन्धमा केही उल्लेख छैन । अन्य साना दलका घोषणापत्रमा यातायातलाई पूर्वाधारसँग जोडेर शब्द लेखिए पनि यातायातमै केन्द्रित भएर सुधारका लागि ठोस कार्यक्रम समावेश गरिएको छैन । रासस
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











