अर्घाखाँचीमा प्रहरीद्वारा पत्रकारमाथि निर्घात कुटपिट
अर्घाखाँची, २३ कात्तिक । अर्घाखाँचीमा प्रहरीद्वारा एकजना पत्रकार निर्घात कुटिएका छन् । स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भूमिका निर्वाह गरिरहेका प्रगतिशील पत्रकार संघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सदस्य, नेपाल पत्रकार महासंघका सदस्य, सामुदायिक रेडियो अर्घाखाँचीका समाचारदाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको हो ।
उक्त घटनापछि प्रगतिशील पत्रकार संघ नेपाल, अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले वस्तुगत स्थिति नबुझी अमानवीय शैलीमा अन्धाधुन्द लाठीचार्ज गरेको र पत्रकार केसीको टाउकोमा चोट लागेको उल्लेख गरेको छ । जिल्लामा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा केसीको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको यस्तो अमानवीय शैलीको प्रगतिशील पत्रकार संघ, अर्घाखाँचीले घोर निन्दा र भत्र्सना गरेको छ ।
अध्यक्ष विनोद गैरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रको चौथो अंग मानिने पत्रकारहरु नै नेपाल प्रहरीबाट यसरी बिनाकारण कुटिनुले नेपाली जनताका हक र अधिकार प्रहरीले नै कुण्ठित गरेको महसुस गर्दै घटनामा संलग्न प्रहरीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं ।” विज्ञप्तिमा घाइते केसीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












