अर्घाखाँचीमा प्रहरीद्वारा पत्रकारमाथि निर्घात कुटपिट
अर्घाखाँची, २३ कात्तिक । अर्घाखाँचीमा प्रहरीद्वारा एकजना पत्रकार निर्घात कुटिएका छन् । स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भूमिका निर्वाह गरिरहेका प्रगतिशील पत्रकार संघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सदस्य, नेपाल पत्रकार महासंघका सदस्य, सामुदायिक रेडियो अर्घाखाँचीका समाचारदाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको हो ।
उक्त घटनापछि प्रगतिशील पत्रकार संघ नेपाल, अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले वस्तुगत स्थिति नबुझी अमानवीय शैलीमा अन्धाधुन्द लाठीचार्ज गरेको र पत्रकार केसीको टाउकोमा चोट लागेको उल्लेख गरेको छ । जिल्लामा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा केसीको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको यस्तो अमानवीय शैलीको प्रगतिशील पत्रकार संघ, अर्घाखाँचीले घोर निन्दा र भत्र्सना गरेको छ ।
अध्यक्ष विनोद गैरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रको चौथो अंग मानिने पत्रकारहरु नै नेपाल प्रहरीबाट यसरी बिनाकारण कुटिनुले नेपाली जनताका हक र अधिकार प्रहरीले नै कुण्ठित गरेको महसुस गर्दै घटनामा संलग्न प्रहरीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं ।” विज्ञप्तिमा घाइते केसीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












