यमनमा दशक यताकै गम्भीर भोकमरी, मानवीय अवस्था संकटमा
एजेन्सी, २३ कात्तिक । यमनमा पछिल्लो दशककै ठूलो तथा गम्भीर भोकमरीको अवस्था आएको संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बताएका छन् । तत्काल मानवीय सहायता नपुग्ने हो भने यमनका लाखौं मानिस भोकमरीको चपेटामा पर्ने संयुक्त राष्ट्रसंघको मानवीय सम्बन्ध सम्बन्धी उपमहासचिव मार्क लोककले चेतावनी दिनुभएको छ ।
साउदी अरेबियाले यमनसँगको कुटनीतिक सम्बन्ध तोडेर सबै मार्ग बन्द गरेपछि त्यहाँ मानवीय सहायता पुर्याउन कठिन भएको छ । तत्काल सहायता सामग्री पठाउने व्यवस्था नभएमा भोकमरीले बिकराल रुप लिने राष्ट्रसंघले चेतावनी दिएको हो । यमनमा संघर्षरत हुथी बिद्रोहीले साउदी अेरिबयाको रियादमा मिसाइल प्रहार गरेपछि साउदी अेरिबया नेतृत्वको गठबन्धनले यमनसँगको सम्बन्ध तोडेको हो । मिसाइललाई साउदी अरेबियाको राजधानी रियाद पुग्नु भन्दा अघि नै रोकिएको थियो ।
हुथी बिद्रोहीलाई इरानले सहयोग गरेको र मिसाइलसहितका हातहतियार प्रदान गर्दै आएकाले त्यसलाई रोक्नका लागि प्रतिबन्ध आवश्यक रहेको साउदी अरेबियाले बताएको छ । इरानले भने हुथी बिद्रोहीलाई आफूले कुनै किसिमको सहयोग नगरेको दाबी गर्दै आएको छ ।
यमनमा सन् २०१५ को मार्चदेखि संघर्ष सुरु भएको हो । अहिलेसम्म त्यहाँ ८ हजार ६ सय ७० जनाको ज्यान गएको छ । मारिनेमा ६० प्रतिशत भन्दा बढी सर्वसाधारण नागरिक रहेका छन् । अहिलेसम्म ४९ हजार ९ सय ६० जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












