रेलमार्ग अध्ययन गर्न नेपाल आएको चिनियाँ टोली पोखरा हुँदै लुम्बिनी पुग्यो
काठमाडौं, २३ कात्तिक । रेलमार्गको अध्ययन गर्न नेपाल आएको चिनियाँ टोली पोखरा हुँदै लुम्बिनी पुगेको छ । केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको हो । परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो।
चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय अभावका कारण उनीहरु आधा बाटोबाट फर्किए।
बुधबार टोलीले पोखरा पुगेर स्थलगत अध्ययन गरेको छ। रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार चिनियाँ टोलीले रेलमार्गका केही निश्चित स्थानको भौगोलिक र भौगर्भिक अध्ययन गरिरहेको छ। ‘उहाँहरू सकारात्मक देखिनु भएको छ, विस्तृत रिपोर्टका लागि विभागसँग पनि केही डाटा माग्नु भएको छ,’ उपाध्यायले भने, ‘हामीसँग भएको डाटा दिन्छौं उहाँहरुले पछि हामीलाई रिपोर्ट पठाइदिनु हुन्छ।’
यसअघि सरकारले काठमाडौं–पोखरा(१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो। पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो। चिनियाँ टोलीले पोखरा– लुम्बिनी रेलमार्ग मुग्लिन हुँदै नारायणगढबाट बनाउनेबारे अध्ययन गरेको उपाध्यायले जानकारी दिए।
चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्याउने गरी काम गरिरहेको छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो। सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












