रेलमार्ग अध्ययन गर्न नेपाल आएको चिनियाँ टोली पोखरा हुँदै लुम्बिनी पुग्यो
काठमाडौं, २३ कात्तिक । रेलमार्गको अध्ययन गर्न नेपाल आएको चिनियाँ टोली पोखरा हुँदै लुम्बिनी पुगेको छ । केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको हो । परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो।
चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय अभावका कारण उनीहरु आधा बाटोबाट फर्किए।
बुधबार टोलीले पोखरा पुगेर स्थलगत अध्ययन गरेको छ। रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार चिनियाँ टोलीले रेलमार्गका केही निश्चित स्थानको भौगोलिक र भौगर्भिक अध्ययन गरिरहेको छ। ‘उहाँहरू सकारात्मक देखिनु भएको छ, विस्तृत रिपोर्टका लागि विभागसँग पनि केही डाटा माग्नु भएको छ,’ उपाध्यायले भने, ‘हामीसँग भएको डाटा दिन्छौं उहाँहरुले पछि हामीलाई रिपोर्ट पठाइदिनु हुन्छ।’
यसअघि सरकारले काठमाडौं–पोखरा(१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो। पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो। चिनियाँ टोलीले पोखरा– लुम्बिनी रेलमार्ग मुग्लिन हुँदै नारायणगढबाट बनाउनेबारे अध्ययन गरेको उपाध्यायले जानकारी दिए।
चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्याउने गरी काम गरिरहेको छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो। सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












