सोलुखुम्बुमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
सोलुखुम्बु, २४ कात्तिक । सोलुखुम्बुमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । सोताङ्ग गाउँपालिकामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।
चुनावी प्रचार प्रसारका क्रममा रहेका दुबै दलका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका हुन् ।
झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीय बासिन्दाले बताएका छन् ।
वाम गठबन्धनले शुक्रबार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पम्पलेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो । झडपपछि वाम गठबन्धनको टोलिले नेपाली कांग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियारसहित आक्रमण गरेको आरोप लगाएको छ ।
यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएकाले आफूमाथी आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासी ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको दाबी छ ।
तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...












