देवी ज्ञवालीलाई साथमा लिएर गाडीको लावालस्करसहित प्रचण्ड घरदैलोमा
चितवन, २४ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी प्रचार अभियान सुरु गरेका छन् । प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका अध्यक्ष प्रचण्डले घरदैलो सुरु गरेका हुन् ।
कतै घरमै पुगेर उनी हात जोडिरहेका छन् त कतै गाडीमा उभिएर हात हल्लाएर उपस्थिति दर्शाइरहेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई घरदैलो पनि कडा सुरक्षा दिइएको छ। उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले वरिपरिबाट घेरा हालेर मात्र मतदाता भेट्न दिइरहेका छन्।
प्रचण्डको घरदैलोमा सुरक्षाकर्मीसहित सात गाडी घरदैलोमा पुगेका छन्। वृद्धवृद्धाले प्रचण्डलाई आशिर्वाद दिइरहेका छन्। घरदैलोमा प्रचण्डसँग फोटो खिच्नेहरू धेरै छन्।
प्रचण्डलाई उनीसँगै रहेका प्रदेश सभाका उम्मेदवार रामलाल महतोले चिनाइरहेका छन्। महतो आफू प्रदेश सभा र प्रचण्ड प्रतिनिधिसभाको उम्मेदवार भएको बताइरहेका छन्।
बिहिबार उनले भरतपुरको वडा नम्बर १३ मा मत मागेका थिए। शुक्रबार उनले वडा नम्बर ९ मा मत मागेका छन्। शुक्रबार मत माग्दै प्रचण्डले ‘तपाईंको आशिर्वाद होस्’, भन्दै ९९ वर्षिया वृद्धासँग फोटो खिचाए।
प्रचण्डको घरदैलोमा उनलाई राष्ट्रको नेतृत्वकर्ताको हिसाबले माइकिङमार्फत प्रस्तुत गरिएको छ। ‘नेपाली राजनीतिका केन्द्रविन्दु, आशा र भरोसाका केन्द्रविन्दु, चितवनको शान’, भन्दै प्रचारमा खट्नेहरूले उनको पक्षमा माइकिङ गरिरहेका छन्।
प्रचण्ड आफैंले पनि चितवनको विकास र देशको नेतृत्वका लागि चुन्न मत मागिरहेका छन्। ‘जनताको अपेक्षा विकास नै हो। बाटो, उद्योग धन्दा, रोजगारी, तटबन्ध, जाली र जंगली जनावरको समस्या समाधान’, प्रचण्डले भने, ‘हामी राजनीतिक विकास र समृद्धिमा केन्द्रीत हुन पर्छ भन्ने पाएको छु।’
उनी स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसँग प्रतिस्पर्धा गरेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर घरदैलो अभियानमा जुटेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जित हासिल गरेको भरतपुरको वडा नम्बर १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर भोट माग्न सुरु गरेका हुन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












