पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित
काठमाडौं, २४ कात्तिक । पूर्व राष्ट्रपति डा. रामवरण यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित भएका छन् । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको समारोहमा उहाँलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो । उक्त सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको थियो ।
शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गर्नुभएको भूमिकाका लाागि यादवलाई अभिनन्दन गरिएको हो ।
समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गर्नुभयो ।
उहाँले संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको दिशामा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
“युवा अवस्थादेखि नै एक निर्भिक र निडर व्यक्तित्वको पहिचान बनाउनुभएका स्व गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित हुनुहुन्छ” – उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण पनि गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












