उपत्यकामा मोनोरेलः विद्यासुन्दरले गफ गरिरहँदा चिरिबाबुले कामै गरेर देखाए
काठमाडौं, २६ कात्तिक । चुनावको बेला दिएका बाँचाहरु पुरा गर्न नसकेको भनेर यतिबेला काठमाडौंका मेयर निकै आलोचित भईरहेका छन् । काठमाडौंमा मोनो रेल ल्याउने देखि लिएर स्मार्ट सिटि बनाउने सम्मका योजनाहरु घोषणापत्रमा उल्लेख गरेर जनमत बटुलेका मेयर विद्याशुन्दर शाक्य यतिबेला आलोचनाका पात्र बनिरहेका हुन् ।
स्थानीय तहको चुनावका बेला काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका शाक्यले आफूले चुनाब जिते महानगरभित्र रेल कुदाउने एजेण्डा अघि सारेका थिए । अस्तव्यस्त सडक र ट्राफिक जामले हैरान भएका महानगरबासीले रेल कुदाउँछु भन्ने उम्मेदवार शाक्यलाई अत्यधिक मतले जिताए ।
काठमाडौं महानगरले नयाँ मेयर पाएको ६ महिना वितिसक्यो । तर, रेल कुदाउने कुनैपनि सुरसार गरेको छैन । रेल कुदाउने सुरसार गर्नु त कहाँ कहाँ उल्टै रेल कुदाउँने काम काठमाडौं महानगरको होईन् पो भन्न थालेका छन् । असफल मेयरका रुपमा चिनिन थालेका शाक्यले देख्न सक्ने गरी कुनै काम भएको छैन् ।
काठमाडौंको छिमेकी जिल्ला ललितपुरः
महानगरपालिकामा चिरिबाबु महर्जनले मेयरको चुनाब जिते । महर्जनले चुनाबमा जाँदा रेल कुदाउने कुनै योजना प्रस्तुत नै गरेका थिएनन् ।तर, अहिले चिरिबाबुले उपत्यकामा मोनोरेल कुदाउनका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाइसकेका छन् भने काठमाडौंका मेयर विद्यासुन्दर चुपचाप बसेका छन् ।
ललितपुर महानगरले मलेसियन कम्पनीको संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिलाई उपत्यकाको मोनोरेलका लागि संभाव्यता अध्ययन तयार गर्न ३ महिनाअघि नै आशयपत्र (लेटर अफ इन्टेन्ट) दिइसकेको छ । उपत्यकाको यो मोनोरेलको सञ्जाल करिब ३० किलोमिटर लामो हुने प्रारम्भिक अनुमान छ । तर, काठमाडौं महानगरले संभाव्यता अध्ययनका लागि आशयपत्र दिन नसक्दा उपत्यकामा मोनोरेल कुदाउने काम अघि बढ्न सकेको छैन ।
गत असार २७ गते काठमाडौं र ललितपुरका मेयर शाक्य र महर्जनबीच काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णय गरेका थिए । दुई मेयरबीची सँगै आशयपत्र दिने भन्ने पनि सहमति भएको थियो । तर ललितपुरका मेयरले आशयपत्र दिईसकेका छन्, भने काठमाडौंका मेयरको आशयपत्र कहाँ अड्किएको छ कसैलाई थाहा छैन् ।
ललितपुर महानगरले आशयपत्र दिएको ३ महिना भइसकेको तर काठमाडौंले अझैसम्म नबुझाएको मोनोरेलको प्रक्रिया अघि बढ्नै नसकेको ललितपुर महानगरकी उपमेयर गिता सत्यालले बताइन् । काठमाडौं महानगरले पनि आशयपत्र बुझाएपछि मलेसियन संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिले लगानी बोर्डमा १० करोड रुपैयाँ धरौटी बुझाएर संभाव्यता अध्ययनको काम सुरु गर्नेछ । ‘उक्त कम्पनी बोर्डमा १० करोड धरौटी बुझाउन पनि तयार छ, तर, काठमाडौंले आशयपत्र नदिएका कारण मोनोरेल सम्बन्धी थप प्रक्रिया अघि बढ्न सकिरहेको छैन,’ सत्यालले भनिन् ।
विदेशी कम्पनीहरुले काठमाडौं महानगरभित्र मात्रै रेल चलाउँदा बजार नपुग्ने भन्दै उपत्यकाभरी नै रेल सञ्जाल गर्नुपर्ने सुझाब दिएका छन् । त्यसैले काठमाडौं र ललितपुरका महानगरका मेयरबीच उपत्यकाका अन्य स्थानीयतहहरुमा पनि रेलवे कनेक्टिभिटी जोड्ने सहमति भएको थियो । विदेशी कम्पनीहरुले भक्तपुरका ठिमी र सूर्य्बिनायक लगायतलाई जोड्दा मात्रै रेलका लागि बजार पुग्ने देखिएको बताउँदै आएका छन् ।
काठमाडौं महानगरका मेयर शाक्यले भने विभिन्न कारणबस आफूले सोचेजति काम गर्न नसकेको बताउँदै आएका छन् । ‘मोनो रेल मेरै एजेण्डा हो, तर काम गर्न सकिँन, अहिलेसम्म आशयपत्र पनि दिन सकिँन,’ मेयर शाक्यले भने । काम देखाउन पार्टी नेतृत्वको दबाब आईरहेको छ । उनले जनचाहना अनुसार काम गर्न नसकेपछि उनको माओपार्टी नेकपा एमालेले शाक्यको लागि नीजि सचिवको समेत व्यवस्था गरिदिएको छ । जनचाहना अनुसार काम गर्न नसकेको भन्दै व्यापक आलोचना हुनथालेपछि एमालेले एक जना विज्ञलाई पार्टीले तलब भत्ता हिसाबले खटाएको हो ।
काठमाडौंमा रेल कुदाउनु पर्छ भन्ने आफ्नो चुनाबी एजेण्डा भएकाले आफू संवेदनशील भएर लागि परिरहेको उनले शाक्यले सुनाए । स्थानीय तहको निर्वाचनका बेला मेयरका उम्मेदवार शाक्यले आफूले चुनाब जितेको १०० दिनमा १०१ काम गर्ने बताएका थिए । तर, निर्वाचित भएको २०० दिन वितिसक्दा पनि शाक्यले केही काम गर्न नसकेपछि काठमाडौंबासी सर्वसाधारण जनताले मात्रै होइन, पार्टीभित्रैबाट पनि उनको तीब्र आलोचना भइरहेको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












