उपत्यकामा मोनोरेलः विद्यासुन्दरले गफ गरिरहँदा चिरिबाबुले कामै गरेर देखाए
काठमाडौं, २६ कात्तिक । चुनावको बेला दिएका बाँचाहरु पुरा गर्न नसकेको भनेर यतिबेला काठमाडौंका मेयर निकै आलोचित भईरहेका छन् । काठमाडौंमा मोनो रेल ल्याउने देखि लिएर स्मार्ट सिटि बनाउने सम्मका योजनाहरु घोषणापत्रमा उल्लेख गरेर जनमत बटुलेका मेयर विद्याशुन्दर शाक्य यतिबेला आलोचनाका पात्र बनिरहेका हुन् ।
स्थानीय तहको चुनावका बेला काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका शाक्यले आफूले चुनाब जिते महानगरभित्र रेल कुदाउने एजेण्डा अघि सारेका थिए । अस्तव्यस्त सडक र ट्राफिक जामले हैरान भएका महानगरबासीले रेल कुदाउँछु भन्ने उम्मेदवार शाक्यलाई अत्यधिक मतले जिताए ।
काठमाडौं महानगरले नयाँ मेयर पाएको ६ महिना वितिसक्यो । तर, रेल कुदाउने कुनैपनि सुरसार गरेको छैन । रेल कुदाउने सुरसार गर्नु त कहाँ कहाँ उल्टै रेल कुदाउँने काम काठमाडौं महानगरको होईन् पो भन्न थालेका छन् । असफल मेयरका रुपमा चिनिन थालेका शाक्यले देख्न सक्ने गरी कुनै काम भएको छैन् ।
काठमाडौंको छिमेकी जिल्ला ललितपुरः
महानगरपालिकामा चिरिबाबु महर्जनले मेयरको चुनाब जिते । महर्जनले चुनाबमा जाँदा रेल कुदाउने कुनै योजना प्रस्तुत नै गरेका थिएनन् ।तर, अहिले चिरिबाबुले उपत्यकामा मोनोरेल कुदाउनका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाइसकेका छन् भने काठमाडौंका मेयर विद्यासुन्दर चुपचाप बसेका छन् ।
ललितपुर महानगरले मलेसियन कम्पनीको संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिलाई उपत्यकाको मोनोरेलका लागि संभाव्यता अध्ययन तयार गर्न ३ महिनाअघि नै आशयपत्र (लेटर अफ इन्टेन्ट) दिइसकेको छ । उपत्यकाको यो मोनोरेलको सञ्जाल करिब ३० किलोमिटर लामो हुने प्रारम्भिक अनुमान छ । तर, काठमाडौं महानगरले संभाव्यता अध्ययनका लागि आशयपत्र दिन नसक्दा उपत्यकामा मोनोरेल कुदाउने काम अघि बढ्न सकेको छैन ।
गत असार २७ गते काठमाडौं र ललितपुरका मेयर शाक्य र महर्जनबीच काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णय गरेका थिए । दुई मेयरबीची सँगै आशयपत्र दिने भन्ने पनि सहमति भएको थियो । तर ललितपुरका मेयरले आशयपत्र दिईसकेका छन्, भने काठमाडौंका मेयरको आशयपत्र कहाँ अड्किएको छ कसैलाई थाहा छैन् ।
ललितपुर महानगरले आशयपत्र दिएको ३ महिना भइसकेको तर काठमाडौंले अझैसम्म नबुझाएको मोनोरेलको प्रक्रिया अघि बढ्नै नसकेको ललितपुर महानगरकी उपमेयर गिता सत्यालले बताइन् । काठमाडौं महानगरले पनि आशयपत्र बुझाएपछि मलेसियन संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिले लगानी बोर्डमा १० करोड रुपैयाँ धरौटी बुझाएर संभाव्यता अध्ययनको काम सुरु गर्नेछ । ‘उक्त कम्पनी बोर्डमा १० करोड धरौटी बुझाउन पनि तयार छ, तर, काठमाडौंले आशयपत्र नदिएका कारण मोनोरेल सम्बन्धी थप प्रक्रिया अघि बढ्न सकिरहेको छैन,’ सत्यालले भनिन् ।
विदेशी कम्पनीहरुले काठमाडौं महानगरभित्र मात्रै रेल चलाउँदा बजार नपुग्ने भन्दै उपत्यकाभरी नै रेल सञ्जाल गर्नुपर्ने सुझाब दिएका छन् । त्यसैले काठमाडौं र ललितपुरका महानगरका मेयरबीच उपत्यकाका अन्य स्थानीयतहहरुमा पनि रेलवे कनेक्टिभिटी जोड्ने सहमति भएको थियो । विदेशी कम्पनीहरुले भक्तपुरका ठिमी र सूर्य्बिनायक लगायतलाई जोड्दा मात्रै रेलका लागि बजार पुग्ने देखिएको बताउँदै आएका छन् ।
काठमाडौं महानगरका मेयर शाक्यले भने विभिन्न कारणबस आफूले सोचेजति काम गर्न नसकेको बताउँदै आएका छन् । ‘मोनो रेल मेरै एजेण्डा हो, तर काम गर्न सकिँन, अहिलेसम्म आशयपत्र पनि दिन सकिँन,’ मेयर शाक्यले भने । काम देखाउन पार्टी नेतृत्वको दबाब आईरहेको छ । उनले जनचाहना अनुसार काम गर्न नसकेपछि उनको माओपार्टी नेकपा एमालेले शाक्यको लागि नीजि सचिवको समेत व्यवस्था गरिदिएको छ । जनचाहना अनुसार काम गर्न नसकेको भन्दै व्यापक आलोचना हुनथालेपछि एमालेले एक जना विज्ञलाई पार्टीले तलब भत्ता हिसाबले खटाएको हो ।
काठमाडौंमा रेल कुदाउनु पर्छ भन्ने आफ्नो चुनाबी एजेण्डा भएकाले आफू संवेदनशील भएर लागि परिरहेको उनले शाक्यले सुनाए । स्थानीय तहको निर्वाचनका बेला मेयरका उम्मेदवार शाक्यले आफूले चुनाब जितेको १०० दिनमा १०१ काम गर्ने बताएका थिए । तर, निर्वाचित भएको २०० दिन वितिसक्दा पनि शाक्यले केही काम गर्न नसकेपछि काठमाडौंबासी सर्वसाधारण जनताले मात्रै होइन, पार्टीभित्रैबाट पनि उनको तीब्र आलोचना भइरहेको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












