नेपालीलाई पीडा सम्झाउने भूकम्प इरान र इराकमाः चिसोमा रात काट्दै पीडित
काठमाडौं, २८ कात्तिक । एक दशकयताकै विनाशकारी भूकम्पपछि इरानमा हजारौं मानिसले चिसोका बावजुद सुरक्षित स्थानमा जम्मा भएर रात बिताएका छन् । भूकम्पमा परी चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब सात हजार घाइते भएका छन् ।
७ दशमलव ३ म्याग्निच्युडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षति पुर्याएको छ । उद्धारकर्मीले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका दर्जनौं मानिसहरुको खोजी रातिको समयमा पनि जारी राखेको बीबीसीले जनाएको छ ।
इरानी सरकारले मंगलवार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । इरानमा गएको आइतवारको भूकम्प यो वर्ष विश्वमै गएको सबैभन्दा विनाशकारी भूकम्प हो । इराकको सीमादेखि १५ किलोमिटर टाढा पर्ने इरानको पश्चिमी शहर सारपोल-ए-जाहब र केर्मान्शाह प्रान्तका अरु क्षेत्रमा सबैभन्दा बढी मान्छेले ज्यान गुमाएका छन् । सरकारी टेलिभिजनका अनुसार उक्त शहरको प्रमुख अस्पतालमा नराम्ररी क्षति पुगेको छ जसका कारण घाइतेहरुको उपचार गर्न अस्पतालले निकै संघर्ष गर्नुपरेको छ ।
इरानी सञ्चारमाध्यमहरुका अनुसार एकजना महिला र उनको बच्चालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । एउटा रेडियो स्टेशनले सामाजिक सञ्जाल ट्वीटरमा राखेको सर्वसाधारणद्वारा खिचिएको भिडिओमा शहरका धेरै भवनहरु ढलेको देखिन्छ । एउटा सहायता निकायका अनुसार भूकम्पपछि ७० हजार मानिसलाई आश्रय चाहिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवका एकजना प्रवक्ताद्वारा जारी वक्तव्यमा ’आवश्यक परे सहयोग गर्न राष्ट्रसंघ तयार रहेको’ उल्लेख गरिएको छ । इरानी सेनाका कमाण्डर–इन–चिफले सरकारी समाचार च्यानल आइआरआइएनएनलाई बताए अनुसार भूकम्पमा परी ज्यान गुमाउनेहरुमा केही सैनिक र सीमारक्षक पनि रहेका छन् । सन् २००३ मा इरानको दक्षिण९पूर्वी ऐतिहासिक शहर बाममा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा २६ हजार मानिसले ज्यान गुमाएका थिए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












