शेरधन राईमाथि यसरी बम प्रहार भयो, नयाँं जीवन पाएको प्रतिक्रिया
काठमाडौं, २८ कात्तिक । पूर्वसूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमाले नेता शेरधन राई चढेको गाडिमा बम प्रहार भयो । मंगलबार बिहानको दश बज्दै गर्दा एका/एक राई चढेको गाडिमाथि बम प्रहार भयो । भोजपुर प्रदेशसभाका उम्मेद्वार रहेका राईलाई लक्षित गरी बम आक्रमण भयो । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।
ट्याम्के मैयुमा आयोजना गरेको चुनावी सभामा सहभागि हुनका लागि त्यसतर्फ जाँंदै थिए । राई चढेको गाडिमा एक प्रहरी सहायक निरीक्षकसहित नौ जना सवार थिए । ट्यम्केमैयु गाविसको वडा नम्बर ६ मा जाँदै गर्दा अचानक अगाडि तर्फ ठुलो बिष्फोट भयो । गाडिको सिसा पनि फुट्यो ।
राईको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक डिल्लि देवकोटा घाइते भए । बिष्फोट लगतै सुरक्षामा खटिएका असईले हवाई फायर गरेका थिए । घटनापछि राईले भने, ‘अलि माथिबाट पाँंचजना मान्छे भागेका देख्यौ। त्यसपछि हामीले गाडिलाई अलि पछाडि फर्कायौ। म माथि लक्षित गरी किन यसरी आक्रमण भयो म आफै आश्चर्यमा परेको छु ।’
आफ्ना जित लगभग पक्का भईरहेको अवस्थामा आक्रमण भएको उनको प्रतिक्रिया छ । उनले भने, ‘मेरो जित लगभग पक्का जस्तै छ । जीतपछि प्रदेश १ को मुख्य मन्त्री बन्ने कुरा पनि पक्का जस्तै छ। यस्तो अबस्थामा मलाई मुख्यमन्त्रीबाट रोक्न सकिन्छ भनेर पनि यो आक्रमण भएको हो। यो घटनाको जति निन्दा गरेपनि पुग्दैन । तर हामी नौ जनाले झण्डै मृत्युवरण गर्नुपरेको थियो । अहिले नयाँं जीवन पाएको महसुस गरेको छु ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












